March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

‘स्थानीय सरकारले मितव्ययिता अपनाउदा पनि चुनौतिहरू छन्’

राजकुमार तेयुङ तरेबा
२०८० मंसिर ९

1.1K

तेह्रथुमको सदरमुकाम रहेको मेयङलुङ नगरपालिका साविकका म्याङलुङ्ग, तम्फुला, साब्ला, जिरिखिम्ती, आङबुङ र पिप्ले गाविस मिलेर बनेको हो । सदरमुकाम भएकाले यो भैतिक पुर्वाधारका रूपमा धनी नगरपालिकाको रूपमा मानिन्छ । १०१.२ वर्ग कि.मि क्षेत्रफल रहेको यो नगरपालिकामा १० वटा वडा रहेका छन् । २०७८ सालको जनगणना अनुसार १९ हजार ६ सय ५९ जनसंख्यामा पुरुष ९ हजार ११४ र महिला ९ हजार ६३६ जना रहेका छन् । नगरपालिकालाई नमुना बनाउनका लागि सुशासनयुक्त समाजको स्थापना भई समाजको सुरक्षा र विकासमा महत्वपूर्ण टेवा दिईने नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेको भनाई रहेको छ । नगरलाई समृद्ध बनाउने योनजामा रहेका नगर प्रमुख तुम्वाहाम्फेसँग राजकुमार तेयुङ तरेबाले गरेको कुराकानी ।

दोस्रो निर्वाचनपछि नगरपालिका प्रमुखको जिम्मेवारी सम्हालेको पनि एकवर्ष भन्दा बढि हुनलाग्यो कस्तो अनुभव भएको छ ?

मैले दोस्रो निर्वाचीत भएको डेढवर्ष भइसक्दा पहिलाको अधुरा कामहरूलाई सम्पन्न गर्न लागिपरेको छु । त्यो एउटा अनुभव भयो । नया योजना अब के गर्ने भन्ने कुराहरूमा पूर्वाधारका कुराहरू महत्वपूर्ण आवश्यक हो । शैक्षिक अवस्था सुधार्नुपरेको छ । सामाजिक सुरक्षाका अनुभवहरू रहेका छन् । विशेष गरेर नगरबासीहरूलाई खानेपानी सडक स्वस्थ्यलाई महत्वपूर्णका साथ अगाडी बढाइरहेको छु । हिजोका केही कमी कमजोरीका योजनाहरूलाई पूर्णता नदिइकन नया योजनाहरूलाई पूर्णता दिने र अलिकती परिमार्जन गदै लैजाने अपूर्णता भएकाहरूलाई पूर्णता दिदै जाने भन्नेमा आफ्नो अनुभवहरू बटुली रहेको छु ।

Advertisement

शिक्षामा कस्तो परिवर्तन भएको छ ? सामुदायिक विद्यालय, तपाईको विचारमा कस्तो हुनुपर्छ र कति बजेट छुटिन्छ ?

शिक्षा क्षेत्रमा केहि परिवर्तन भएको छ । सामुदायिक विद्यालय र निजी विद्यालयहरू हेर्ने दृष्टिहरूमा परिवर्तन भएको छ । सामुदायिक विद्यालयमा सरकारको लगानी भएको हुनाले र स्थानीय सरकारको जिम्मेवारी भएको हुनाले स्थानीय सरकारले पनि त्यो स्कुल विद्यालयलाई हेनुपर्छ । त्यहाँको शैक्षिक गतिबिधीहरू पठन पाठनहरू राम्रो गर्नुपर्छ र विद्यालयको शिक्षकहरूले राम्रो पढाउनु पर्छ । विद्यालयको व्यवस्थापन समितिले पनि राम्रो हेरबिचार गनुपर्छ । नगरपालिकामा छुटेको बजेट २० करोड छुटिन्छ भने १६ करोड सामुदायिक विद्यालयका लागि छुटिन्छ । बजेट खेर फाल्न नदिनका लागि पनि शैक्षिक गतिविधि राम्रो हुनुपर्छ र त्यहि रकमबाट निजी विद्यालय सो सरह पठनपाठन गर्नुपर्छ । केहीहरूमा सामुदायिक विद्यालयहरू परिवर्तन भएका छन् । अहिले केहि निजी विद्यालयको विद्यार्थीहरू भन्दा सामुदायिक विद्यालयको विद्यार्थीहरूको धेरै संख्यामा रहेको छ ।

तपाईको के कस्ता योजनाहरू छन् र नगरपालिकामा कस्ता विकासको सम्भावनाहरू छन् त ?
वेरोजगारहरूलाई तालिम दिने केहि युवाहरूलाई आत्मानिर्भर गराउने र दक्ष बनाउने हो । सदरमुकाममा रहेको यस नगरपालिकामा यसको पूर्वाधार तमोर बाटोको पुललाई जोड्ने, श्रीजुङ मोराहाङको सरकारले बनाएको बाटोलाई पिच बनाउने, बसपार्क लामिबगर, मेयङलुङ छथरको बाटो जोड्ने, बन्दै गरेको पचास सैयाको अस्पताललाई पूरा गर्ने । राम्रो प्राविधिक शिक्षालय र ठूलो योजनाहरूलाई अगाडी बढाउने, म्याङलुङ आठराईको मध्यपहाडी लोकमार्गलाई सम्पन्न गर्नेमा पहल गर्ने र तमोरको बाटोलाई सम्पन्न गर्ने योजना रहेको छ ।

मेयङलुङ नगरपालिकाले विकासको रूपमा के लाई प्राथमिकता दिएको छ ?
मेयङलुङ नगरपालिकाले विकासको रूपमा सबैभन्दा पहिला बाटो, खानेपानी, शिक्षा, स्वास्थ्यलाई विकासको रूपमा प्राथमिकता दिएको छ । त्यसपछि गरिबी निवारण रोजगारलाई समेत प्राथमिकतामा राखेको छु ।

म्याङलुङ नगरपालिकाले के कस्ता चुनौतिहरू भएको छ त ?
चुनौतिहरू धेरै छन् । यसको चुनौति सबैभन्दा पहिलो संघीय सरकारबाट बिनियोजीत भएको रमकहरू ठेक्कामा लागका कुराहरू राम्ररी कार्यावन्यन नहुने, त्यसपछि स्रोतको कमी, बजेटको पूर्वाधारहरूमा पनि ५० करोडको बजेट छ भने छ करोड मात्र निकासा हुने । स्थानीय सरकारले गर्ने मितव्ययिता अपनाएर अगाडी बढदा पनि यस्ता चुनौतिहरू रहेका छन् ।

अन्य राजनीति दलहरूसंग कसरी समन्वय गर्नु भएको छ ?
मेरो पहिलो पाँच वर्ष कार्यकालको अनुभव छ । यसमा सबै राजनीति दलहरूसँग नगर परिषदहरू, कार्यापालिकाका बैठकहरू सर्वसम्मतले अगाडी बढाएका छौ । त्यत्रो वर्षमा एउटा विषयमा मात्र विवाद भयो। सबै राजनीतिक दलहरूसँग मिलेर विभिन्न एजेण्डाहरू पारीत गरेका छौ। र, ठूला ठूला विकासका पूर्वाधारहरू काम गर्दा पनि सबै राजनीतिक दलहरूसंग यो ठाउँको विकास गर्नका लागि सहकार्य र समन्वय गरेर अगाडी बढेको छु ।

मेयङलुङ नगरपालिकाभित्र पर्यटकीय स्थलहरू के कस्ता र सम्भावना देख्नु भएको छ ?
यहाको प्रर्यटन् प्रवद्र्धन गर्ने कुरामा यहाँबाट हिमाल नदेखिने, अलिक खोज भएका मेयङलुङ नगरपालिका भएकाले प्रर्यटन प्रवद्र्धनमा खासै छैन । र पनि, यस जिल्लामा रहेका राष्टिय स्तरको प्रर्यटन प्रवद्र्धनहरू तिनजुरे मिल्केका २९ प्रजातीका लालीगुराँसलाई संरक्षण गर्ने प्रर्यटनन प्रवद्र्धनका लागि तेह्रथुम जिल्लालाई ढाकाको राजधानी रहेको र बहुजातीय प्रतिभा भएको यस जिल्लालाई प्रर्यटन प्रवद्र्धन गर्नका लागि ठोस रूपमा हामीले खोजेका छौ । पुराना कुराहरूलाई खोजको रूपमा ल्याउने र यहाँका स्थानीयमा जे कुरामा छ । त्यसलाई राम्ररी प्रयोग गरेर सञ्चालन गरी प्रर्यटन प्रवद्र्धनका लागि अगाडी बढाएका छौ ।

अबको बाँकी समयमा मेयङलुङ नगरपालिकालाई कस्तो परिवर्तन गर्ने लक्ष्य लिनुभएको छ ?
अबको लक्ष्य भनेको यस ठाउँको विकास गर्ने हो । तेह्रथुम जिल्लाको सदरमुकामको नगरपालिकाको विकासका लागि ब्यापार ब्यावसाय, पर्यटनको विकासलाई नै विशेष जोड दिनुपर्ने भएको छ । पहिला पहिला यहाँ एक सय पच्चास वटा घरहरू वार्षिक रूपमा बन्थ्यो भने अहिले यो अवस्था नभएकोले यसको गुरुयोजना गर्ने, म्याङलुङ पान्थर जोडिने सडकको स्तरोन्नती, बसपार्क लामीबगर, मेयङलुङ फेदाप सडक बाटो, मेयङलुङ जिरिखिम्ती सिमिनाक्सीको बाटो मेयङलुङ छथरको बाटोको स्तरोन्नती, प्राविधिक कार्यालयको व्यवस्था तथा खानेपानी र स्वास्थ्य सम्बन्धित परिवर्तन गर्ने लक्ष्य रहेको छ ।

अन्यमा नगरबासीहरूलाई केहिभन्नु छ की ?
अन्यमा म राजनीतिक जीवन भएको मान्छे हुँ । यस नगरपालिकालाई समृद्ध नगर, समृद्ध जिल्ला बनाउनको लागि आफ्नो जीवनलाई समर्पित गरेको छु । र, मेरो कमी कमजोरीहरूलाई सुधारेर यो ठाउँको समृद्ध विकास, स्वास्थ्य, शिक्षा, पर्यटन, बाटोका लागि के गर्नुपर्छ सबैको पक्षबाट पहल गरेर अगाडी बढाउनका लागि सल्लाह सुझाव दिनुहोला । र, तेह्रथुम जिल्ला बाहिर बस्नुहुने दाजुभाई, दिदी बहिनीहरूलाई यस ठाउँलाई उज्यालो बनाउ र यस ठाउँको भविष्य बनाउ भन्न चाहन्छु ।

हाम्रो मुन्धुमबाट