November 3, 2024, Sunday
२०८१ कार्तिक १८
1:37:26 pm

एनआरएनएको इतिहासमा मेरो कार्यकाल उत्कृष्ट सावित हुनेछ:अध्यक्ष कुँवर

6.1K

रंजन राज कुँवर, काठमाडौं, मार्च २४, २०२२

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष अब को बन्ने भन्ने विषयमा लामो समय विवाद चल्यो। कतिपयले कौडा हानेर दाउ लगाए त कतिले बल्छी हानेर माछा कुरेर बसे। संघका निवर्तमान अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसीलाई अध्यक्ष बनाउन खुलेरै लागि परेका थिए। अर्को समूह कुल आचार्यलाई अध्यक्ष बनाउनु पर्ने पक्षमा थियो। यसबीच १० औं महाधिवेशनबाट अध्यक्ष निर्वाचित विनोद कुँवरसंग गरिएको छोटो कुराकानीको यहाँ प्रस्तुत् गरिएको छ।

Advertisement

अक्टुवर २०२१ मा हुनुपर्न महाधिवेशन मार्चमा आएर सम्पन्न भएको छ। त्यो पनि बिशेष परिस्थितिमा पुगेर। यसमा विभिन्न देशहरुमा भएको भोटर (प्रतिनिधि) चयनबाट सुरु भएको विवादले संघलाई फुटको संघारमा पुर्‍याएको थियो। अब त्यो समय समाप्त भयो। छड्के किनारमा साछी बसेर, गाइ-तिर्शुल गरेर नेतृत्वको लागि अबैधानिक बक्र-चक्र गर्ने प्रयास समाप्त भएको छ। अब संघको १० औं महाधिवेशनबाट नयाँ नेतृत्व आएको छ कस्तो महसुस गरिरहनु भएको छ ?

संघका प्रमुख पूर्व अध्यक्षहरु नै सक्रिय रुपमा लवी गर्न लागेको देखियो। त्यसै समय म फरक जिम्मेवारीको लागि आएको थिएँ। तर पछिल्लो परिस्थितिले मलाइ चुनौती लिन बाध्य बनायो। अध्यक्षको लागि दावी गरे र निर्बिरोध रुपमा ठूलो नेतृत्व पाएको छु। यसलाई गंभिर रुपमा लिएको छु।

प्रतिनिधि एकातिर विवादित, नेतृत्व पक्ष अन्धो जस्तो, कार्यकाल अक्टुवरमा सक्किएर मार्च सम्म पुगेको अवथा। स्थानिय रुपबाट आएका अन्योलको अवस्थामा १० औं महाधिवेशनबाट नयाँ कार्यसमिति चुनियो , सफलता हासिल गर्न सक्नु होला त ?

विषम परिस्थितिमा सम्पन्न यो महाधिवेशनबाट मेरो जिम्मेवारीमा कठिन बाटो आएको छ। तर मसंग एकदम लाइक माइण्डेड साथीहरु हुनुहुन्छ। एकदम सफल अग्रजहरु साथमा हुनुहुन्छ। परिस्थिति अनुरुप काम गर्ने सदिच्छाका साथीहरु आएका छन्। काम गर्न धेरै चुनौतिहरु छन् तर पनि हामीलाई काम गर्ने धेरै मौकाहरु पनि छन्। हामीमा कुनै स्वार्थ छैन। त्यसैले यो कार्यकाल एकदम सक्रिय र नतिजामुखी हुनेछ।

महाधिवेशनबाट संस्थाले थप के कस्ता उपलव्धिहरु हासिल गर्यो ?

धेरै विवादित बिषय जस्तोकि प्रतिनिधि छनोट, निर्वाचनका कुरा, नेपालसंग जोडिएका बिषयमा हामीले मार्च २३ मा नै धेरै परिमार्जन गरेका छौं। अब केवल नयाँ भिजन, भूगोल र भावना जोडेर योजना कार्यान्वयन गर्ने हो। हामीले खासगरी नेतृत्व चयन प्रक्रियामा ठुलो रिजोलुशन महाधिवेशन हलबाट पास गरेका छौं।


नयाँ कार्यसमिति प्रति शंका गर्नेहरुलाई के भन्न चाहनुहुन्छ ?
अब त केवल केहि साथीहरु जोडेर कार्यान्वयनमा जाने हो। कतिपयलाई भ्रम परेको होला अब के हुन्छ ? म जवाफ दिन्छुकी, मेरो नेतृत्वको कार्यकाल एकदम उत्कृष्ट हुनेछ , संस्थालाई निश्वार्थ मायाँ गर्नेहरुको साथ सहयोगको अपेक्षा गरेको छु।

NRNA-ICC (21-23) President – Binod Kunwar