February 28, 2021, Sunday
२०७७ फाल्गुन १७
1:37:26 pm

‘देउवाजी उठे पनि सभापतिमा मेरो उम्मेदवारी रहन्छ’: विमलेन्द्र निधि [अन्तरवार्ता]

नेपालमामिला संवाददाता
२०७७ मंसिर २९

1K

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस पछिल्लो समय केही चिन्तित र आक्रामक देखिन थालेको छ । सरकारका कमी–कमजोरी र अकर्मण्यतालाई लिएर सत्तारुढ नेकपाभित्रै चर्को अन्तरसङ्घर्ष जारी छ । यता सडकमा राजावादीहरुको सलबलाहट देखिन थालेको छ । यसैबीच काँग्रेस पनि सरकार विरुद्ध सडक प्रदर्शनमा उत्रिएको छ । यता काँग्रेसलाई १४औँ महाधिवेशनको समयले च्यापेको छ । महाधिवेशनको गतिविधिसँग भावी सभापतिको चर्चाले काँग्रेस वृत्त गर्मिएको छ । मुख्यतः वर्तमान उसपभापति विमलेन्द्र निधिको उम्मेदवारीले काँग्रेस वृत्तमा हलचल ल्याएको छ । काँग्रेसको एक दिन सडक प्रदर्शनको सन्देश, महाधिवेशनको गृहकार्य र उपसभापति निधिको उम्मेदवारीका विषयमा उनै निधिसँग गरिएको लामो संवाद

सरकारको चरित्र र भ्रष्टाचारको सन्दर्भमा काँग्रेसले एक दिन देशव्यापी प्रदर्शन गरेर सरकार र जनतालाई के सन्देश दिन खोजेको हो ?

–सरकार र जनता दुवै पक्षलाई हामीले के सन्देश दिन खोजेका छौँ भने सरकारको काम जनता हितमा छैन, देशको हितमा छैन । सरकारको काम कारबाहीबाट नेपाली काँग्रेस सन्तुष्ट छैन । नेपाली काँग्रेसले जनताको प्रतिनिधित्व गर्दछ । नेपाली काँग्रेस लोकतन्त्रवादी पार्टी हो । नेपाली काँग्रेस नेपालमा भएका सबै राजनीतिक परिवर्तनको नेतृत्व गरेको एउटा जिम्मेवारी पार्टी हो । २००७ सालको क्रान्ति, ०३६ सालको आन्दोलन, ०४६ सालको परिवर्तन, ०६२÷६३ को जनआन्दोलन, संविधान निर्माण र संविधान निर्माण भइसकेपछि चुनाव गराउने सबै काम नेपाली काँग्रेस नेतृत्व भएको छ । त्यस कारण नेपाली काँग्रेस आफूलाई देश र जनताको जिम्मेवारी प्रतिनिधि पार्टीको रूपमा ठान्दछ । संविधान जारी भएपछिको चुनावबाट आएको सरकार यो संविधान, सङ्घीयता र लोकतन्त्रप्रति प्रतिबद्ध छैन । हामीले राजनीतिक प्रणाली सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक ल्यायौँ । तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएयता कुनै पनि काम जनता र देशको पक्षमा भएन ।

संसदको थालेमै जनताका चाहना अभिव्यक्त हुन्छन् । संसदको थलोमै सरकारविरुद्ध असन्तुष्टि व्यक्त गरिन्छ । यदि सबै कुरा सडकमै गर्नुपर्यो भने संसदको औचित्य रहँदैन । हामी संसदवादी भएका कारणले पनि संसदको औचित्य कायम राख्नुछ । सत्ताधारी दल संसदवादी नभएकाले संसदको औचित्यलाई पनि प्रमाणित गर्ने हामीमा बढी जिम्मेवारी छ । त्यसकारण हामी एक दिवसीय सडक प्रदर्शन मात्र गरिरहेका छौँ ।

सर्वसत्तावादी, अधिनायकवादी, दमनकारी प्रवृतिबाटै नै सबै काम गरेको पाइयो । देशमा भ्रष्टाचार व्याप्त भयो । ओली सरकार गठन भएयता भष्टाचारलाई संरक्षण गर्ने र बढवा दिने काम मात्र भयो । कोरोना महामारी नियन्त्रण गर्ने काममा पनि असफल भयो । कोरोनालाई समान्य स्वास्थ्य नीतिको तरिकाबाट हेन्डलिङ गर्न मिल्दैन । कोरोना भनेको जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । जीवन रक्षाको नीति र स्वास्थ्य नीति फरक कुरा हो । सरकारले जीवन रक्षाको नीतिमा काम गर्नुपथ्र्यो । त्यो काम गरेन । साथै सरकारले देशमा शान्ति सुरक्षा दिन सकेन । यी विषयका विरुद्धमा हामीले विरोध प्रदर्शनको तयारी गरेको छौँ । सरकारलाई जनता र देशको हितमा काम गरिहेको छैन भन्ने हाम्रो सन्देश हो ।

जनतालाई पनि तपाईंको (जनताको) तर्फबाट हामी सही प्रतिनिधित्व गर्न गरेर अगाडि बढ्दै छौँ । सरकारलाई दबाब र खबदारी गर्दै छौँ । हामीले हाम्रो भूमिका निर्वाह गरिरहेका छौँ । जनताको साथमा नेपाली काँग्रेस छ भन्ने सन्देश हो ।

तपाईंले भनेजस्तै यतिविधि जनविरोधी कार्य गरेको सरकार काँग्रेसको एक दिनको साङ्केतिक प्रदर्शनबाट सच्चिन्छ र ?

–एक दिनको प्रदर्शनबाट सच्चिदैन भने पटक पटक प्रदर्शन गर्र्छौं । आवश्यकता अनुसार हामी आन्दोलन पनि जान्छौँ । अहिलेका लागि हामीले एक दिनको विरोध प्रदर्शनको काम मात्र गरेका छौँ । सरकार सच्चिएला कि भन्ने हाम्रो आशा हो । किनभने हामीले ल्याएको लोकतान्त्रिक प्रणाली, लोकतान्त्रिक संविधान र संसदीय प्रणालीमा संसदको थालोलाई नै प्रयोग गरेर जनहितका कुरा सम्बोधन गरिन्छ ।

संसदको थालेमै जनताका चाहना अभिव्यक्त हुन्छन् । संसदको थलोमै सरकारविरुद्ध असन्तुष्टि व्यक्त गरिन्छ । यदि सबै कुरा सडकमै गर्नुपर्यो भने संसदको औचित्य रहँदैन । हामी संसदवादी भएका कारणले पनि संसदको औचित्य कायम राख्नुछ । सत्ताधारी दल संसदवादी नभएकाले संसदको औचित्यलाई पनि प्रमाणित गर्ने हामीमा बढी जिम्मेवारी छ । त्यसकारण हामी एक दिवसीय सडक प्रदर्शन मात्र गरिरहेका छौँ । हामी लड्न नसक्ने होइन । नेपाली काँग्रेस राणाशासनका विरुद्धमा पनि लडेकै छ । निर्दलीय पञ्चायतका विरुद्धमा पनि लडेकै हौँ । आन्दोलन गरेकै छौँ । त्यसकारण आन्दोलन नै गर्नुपर्ने अवस्था नआओस भन्ने हामी चाहन्छौँ । सधैँ आन्दोलन गरिहनुपर्ने प्रणाली राम्रो होइन नि ?

जेठ १५ गते गणतन्त्र दिवस पारेर गरौँ भन्ने मैले मौखिक प्रस्ताव राखेको थिएँ । शेरबहादुरजी तयार हुनुहुन्छ । सिटौलाजी पनि तयार हुनुहुन्छ । रामचन्द्र पौडेलजीको टिमको अरु मान्छे तयार हुनुहुन्छ । तर रामचन्द्र पौडेल होइन यो फागुनमै गर्नुपर्छ भन्नुहुन्छ ।

तपाईंले सरकारविरुद्धको सडक प्रदर्शनसँगै संसदको औचित्य प्रमाणित गर्नु छ भन्नुभयो । यत्रो सङ्कटको बेलामा पनि प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा संसद बन्द छ । नेपाली काँग्रेसले संसद अधिवेशनका लागि किन समन्वय गर्न सकिरहेका छैन ?

\

–हामीले संविधानमा ६÷६ महिनाको ग्यापमा संसदको अधिवेशन बोलाउने व्यवस्था गरेका छौँ । दुई तीन महिनामै खोल्नुपर्छ भनेर हामीले दबाब दिनेभन्दा पनि संविधानको व्यवस्थाअनुसार संसद अधिवेशन सुरु हुन्छ ।

संविधानको व्यवस्था कुरा होइन । विषम परिस्थितिमा पनि संसदवादी दाबी गर्ने काँग्रेसले किन संसदको माग राख्न सकेन भन्ने हो ?

–हामीले संसदको अधिवेशन सुरु गरिदिनुहोस् भनेर सरकारसँग आग्रह गरिसकेका छौँ । संसदको माग गरिसकेका छौँ ।

सरकारको व्यवहारले व्यवस्थामाथि खतरा उत्पन्न काँग्रेसको ठहर छ । यो खतरा नेकपाबाटै देख्नुभएको छ कि सरकारको नेतृत्वबाट बढी देख्नुभएको छ ?

–सबैभन्दा बढी सरकारबाटै देखिन्छ । किनभने दलीय प्रणालीमा व्यवस्थामाथिको खतरा रोक्न सरकारले अग्रसरता लिनुपर्छ । पहिलो जिम्मेवारी सरकारको नै हो । यसको दोष सरकारलाई जान्छ । यसको अर्थ नेपाल कम्युनिस्ट पार्टी जिम्मेवार होइन भन्ने होइन । कम्युनिस्ट पार्टी पनि जिम्मेवार हो । तर मुख्य रूपमा सरकारको नेतृत्व त्यसका लागि जिम्मेवार हो । त्यसैले नेपाली काँग्रेसले आधिकारिक रूपमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक तथा नैतिक आधार गुमाइसकेको ठहर गरेको छ ।

सडक राजावादीले कब्जा गरिसक्यो भन्ने कुरासँग म सहमत छैन । राजावादी यति कमजोर छन् कि नेपालमा राजतन्त्र आउने कुरा दिवा सपना मात्रै हो । कुनै डराउने कामै छैन । राजावादीलाई मिडियाले पनि धेरै मान्यता दिएको छ । नेपालमा राजा फर्किंदैन । हामी फर्किन दिँदैनौँ ।

ओली प्रवृत्तिका विरुद्ध नेकपामै अन्तर्सङ्घर्ष जारी छ । तर काँग्रेस ओली सरकारको विकल्पमा किन मौन छ ?

–सरकार परिवर्तका लागि हामी निर्णयक र परिणाम मुलुक भूमिकाका लागि जनताले हामीलाई भोट नै दिएको छैन । सरकार परिवर्तनका लागि बहुमत चहिन्छ । नेपाली काँग्रेससँग बहुमत छैन । लोकतन्त्रमा सरकार परिवर्तन भनेको लोकतान्त्रिक पद्धतिबाट हुन्छ ।

कि त संसदले गर्छ कि त निर्वाचनले गर्छ । हामी निर्वाचनबाट यो सरकारको परिवर्तनका लागि तयार छौँ । अहिलेको सरकारको नेतृत्व परिवर्तन नेकपाको हातमा छ । नेकपा आफैले गर्ने हो हामीले गर्न सक्दैनौँ । लाज नमानी भन्नुपर्छ नेपाली काँग्रेसँग सरकारको नेतृत्व परिवर्तन गर्ने क्षमता छैन । नेपाली काँग्रेसलाई संसदमा अविश्वासको प्रस्ताव हाल्ने आधार छैन । बहुमत नै नपुग्ने हिसाबले हामीले कसरी अविश्वासको प्रस्ताव राख्ने ? सरकारको नेतृत्व परिवर्तनको निर्णायक क्षमता सत्ताधारी दलसँगै छ ।

अहिले सत्ता पक्ष पनि प्रतिपक्षी पनि नेकपा जस्तो देखिएको छ । यता सडकमा राजावादीको उपस्थिति देखिएको छ । यो देखेर काँग्रेस आत्तिएर प्रदर्शन भएको हो ?

– तपाईंको यो प्रश्नसँग मेरो घोर आपत्ति छ । सडक राजावादीले कब्जा गरिसक्यो भन्ने कुरासँग म सहमत छैन । राजावादी यति कमजोर छन् कि नेपालमा राजतन्त्र आउने कुरा दिवा सपना मात्रै हो । कुनै डराउने कामै छैन । राजावादीलाई मिडियाले पनि धेरै मान्यता दिएको छ । नेपालमा राजा फर्किंदैन । हामी फर्किन दिँदैनौँ ।

त्यसो भए राजावादीको सकड प्रदर्शनलाई कसरी हुर्ने भएको छ नि ?

राजावादीको प्रदर्शनमा सरकारले घुसपैठ गरेको छ । विभिन्न प्रतिक्रियावादी, उग्रवादीलाई सरकारले बढवा दिइराखेको छ । तर यो व्यर्थ हो । यसमा धेरै चिन्ता गर्नुपर्ने म देख्दिनँ ।

संविधान र व्यवस्थाको विरुद्धमा आन्दोलन नै हुँदैन । यसलाई (राजावादी प्रदर्शन) आन्दोलनको शब्दबाट महिमा मण्डली नगर्नुहोस् । भोलिको आन्दोलन पूर्णरूपमा सरकारविरुद्ध हो । अरु केही होइन ।

यसै विषयमा सर्वदलीय बैठक राखेर छलफल गर्नुपर्ने माहोल त बन्यो नि ? सर्वदलीय बैठकमा तपाईं पनि जानु भएको थियो ?

 –त्यही विषयमा सर्वदलीय बैठक गरिराख्न कुनै जरुरी थिएन । किन महत्त्व दिइएको होला भनेर मैले सर्वदलीय बैठकमा पनि भनेँ । साथै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रका खिलापमा सरकारबाट काम भइरहेको छ भनेर मैले सर्वदलीय बैठकमै भनेको थिएँ । तपार्इंले प्रदेश र स्थानीय तहलाई निरीह बनाउनुभएको छ । संवैधानिक अङ्ग र निकायलाई कमजोर बनाउनु भएको छ । तपाईं सर्वसत्तावादी, अधिनायकवादी प्रवृत्तिबाट दमनचक्र गरिहनुभएको छ । तपाईंको क्रियाकलापले प्रणाली कमजोर हुँदैछ । कुनै व्यक्ति, कुनै पार्टीले नेपालका फेरि राजा आउँछ भनेर सोचेको छ भने त्यो दिवा सपना हो । नेपालमा सङ्घीय प्रणाली, संसदीय प्रणाली, गणतन्त्रात्मक प्रणाली र यो संविधानको सट्टामा अर्को संविधान ल्याउँछौँ भनेर कसैले सोचेको छ भने दिवा सपना हो । कसैले कोसिस गर्छ भने त्यसको विरुद्धको सङ्घर्षमा सफल नेतृत्व गर्न नेपाली काँग्रेस तयार छ । इतिहासका हरेक कालखण्डमा नेपाली काँग्रेस सफल र सदृढ नेतृत्व गरेको छ । अहिले पनि गर्छ । बरु सरकार सत्ताधारी दल के गर्छ ? तपाईं आफै भन्नुहोस् भनेर भनेको थिएँ । बैठकमा मैले सरकारको परफर्मेन्स तस्बिर आफै बोल्छ भनेझैँ दुई जना अध्यक्षको पत्रले आफै बोल्छ तपाईंले अहिलेसम्म देश र जनताका लागि के गर्नु भएको रहेछ ? संविधान, गणतन्त्र, सङ्घीयता, जनताको हितका लागि के गर्नु भनएको छ भनेर तपाईं दुई जनाको पत्र हेर थाहा हुन्छ भनेको छु ।

संविधान वा व्यवस्थाविरुद्ध हुने गतिविधिलाई काँग्रेसले निस्तेज पार्छ भन्नुभयो । यो प्रदर्शन त्यसैको सुरुवता हो ?

–संविधान र व्यवस्थाको विरुद्धमा आन्दोलन नै हुँदैन । यसलाई (राजावादी प्रदर्शन) आन्दोलनको शब्दबाट महिमा मण्डली नगर्नुहोस् । भोलिको आन्दोलन पूर्णरूपमा सरकारविरुद्ध हो । अरु केही होइन ।

काँग्रेसले राष्ट्रिय राजनीतिबाट आफ्नो सान्दर्भिकता गुमाउन थालेको त होइन भन्ने प्रश्न उब्जेको छ ? यो प्रदर्शनले त्यो प्रश्नको गतिलो ढङ्गले जबाफ दिन्छ ?

 – यो प्रश्न नै गलत प्रश्न हो । यस्तो प्रश्न नै उठेको छैन । यसको जबाफ दिरहनु पर्दैन । नेपाली काँग्रेसको सान्दर्भिता इतिहास र भविष्यमा कसैले मेट्न सक्दैन ।

तपाईंले यो भनिरहँदा योबीचमा काँग्रेसको मैदान के भन्ने अलमल त देखियो नि ?

–काँग्रेसलाई कुनै अलमल छैन । काँग्रेसको पहिलो मैदान संसद हो । काँग्रेसलाई अहंकार छैन । अहङ्कार धर्म, राजनीति र व्यक्तिगत जीवनमा पनि खतरनाक हुन्छ । गत निर्वाचनमा जनताले जनादेश काँग्रेसलाई थाहा छ ।

संसदमा काँग्रेसको साइजअनुसार भूमिका निर्वाह गर्छ । साइज बढाउनका लागि काँग्रेसले अर्को चुनावको प्रतीक्षा गर्छ । अर्को चुनावभन्दा पहिले आडम्बरी र उग्रवादी राजनीति, हतोत्साहित राजनीतिमा नेपाली काँग्रेस विश्वास गर्दैन । नेपाली काँग्रेस समयबद्ध काम गर्दछ । कुन बेलामा के काम गर्नुपर्छ भन्ने थाहा छ । नेपाली काँग्रेस अहिले आगामी निर्वाचन र आफ्नो १४ औँ महाधिवेशनका लागि प्रतीक्षारत छ । १४औँ महाधिवेशन र आगामी निर्वाचन नगर्ने हो भने सडक तताउन पाइयो । मिडियाको समाचारका लागि नेपाली काँग्रेसले सडका तताउँछ भन्ने होइन । जनहितको रक्षा र लोकतान्त्रिक प्रणालीको संवर्धनका लागि नेपाली काँग्रेसले आफ्नो भूमिका निर्वाह गर्छ, गरिरहन्छ ।

तपाईंले यसो भनिराख्दा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच उठबस बाक्लो छ नि ?

लोकतन्त्रमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको उठबस निरन्तर भइराख्नुपर्दछ । लोकतन्त्रमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको उठबसलाई अवाञ्छित तरिकाले विश्लेषण गर्नु नै गलत हो ।

यो सरकार संविधानको संरक्षण गर्न तयार छैन भन्ने हामीलाई लागिसकेको छ । जनतालाई पनि लागिसकेको छ । तर पनि काँग्रेस अर्को निर्वाचसम्म पर्खिन्छ । तर यो बीचमा हुने आन्तरिक, बाह्य, सत्तादारी पार्टी, अन्य पार्टी, सरकारबीचका घटनामा हामी हेर्छौँ । हेर्दै नहेर्ने कुरा होइन । तपाईंले मलाई साध्नुभायो । नेपाल कम्युनिस्ट पार्टीबीचमा आउने घटना पर्खिरहनुभएको छ कि ?

एकतातिर सरकारविरुद्ध प्रदर्शन र अर्कातिर संवैधानिक निकायमा प्रतिनिधित्वका लागि बालुवाटार धाउने कुरा विरोधाभास भएन र भन्या ?

–संवैधानिक परिषदको बैठक आजै राख्ने खोजेको थियो । आजको बैठकमा उपस्थिति नजनाउन मैले सुझाव दिएँ, रामचन्द्रजीले दिनुभयो अन्य साथीहरुले पनि दिनुभयो । आजका बैठक स्थगित भयो । हामीले गरिरहेकै छौँ ।

सत्ताका लागि नेपाली काँग्रेस नेकपाको सम्भावित विभाजन पर्खेर बसेको चर्चालाई कसरी हुर्नुभएको छ ?

काँग्रेस दुईवटा कुराको तयारीमा छ । एउटा १४ औँ महाधिवेशन र अर्को आगामी निर्वाचन । आवधिक निर्वाचनबाट सत्ता परिवर्तन हुने यो प्रणालीको सुन्दर पक्ष हो । तानाशाहीमा र कम्युनिस्टमा आवधिक निर्वाचनबाट सत्ताको परिवर्तन हुँदैन । लोेकतान्त्रिक प्रणालीको सबैभन्दा ठूलो सौन्दर्य आवधिक निर्वाचनद्वारा सत्ता परिवर्तन हुन्छ ।

यो सरकार संविधानको संरक्षण गर्न तयार छैन भन्ने हामीलाई लागिसकेको छ । जनतालाई पनि लागिसकेको छ । तर पनि काँग्रेस अर्को निर्वाचसम्म पर्खिन्छ । तर यो बीचमा हुने आन्तरिक, बाह्य, सत्तादारी पार्टी, अन्य पार्टी, सरकारबीचका घटनामा हामी हेर्छौँ । हेर्दै नहेर्ने कुरा होइन । तपाईंले मलाई साध्नुभायो । नेपाल कम्युनिस्ट पार्टीबीचमा आउने घटना पर्खिरहनुभएको छ कि ? नेपाल कम्युनिस्ट पार्टीको मात्र होइन, जसपाको, राप्रपालगायत मुलुकमा रहेका वैद्य, अवैद्य (विप्लव समूह) सबैका घटना नियालिरहेका छौँ । सबैलाई पर्खिनु पनि पर्यो, हेर्नु पनि पर्यो, तदअनुकलको हामीले हाम्रो नीति अख्तियार गर्नुपर्यो । त्यो त गरौला नि के भयो र ?

अब प्रसङ्ग बदलौँ । काँग्रेसको १४औँ महाधिवेशन कहिले हुन्छ ?

– १४औँ महाधिवेशन फागनुमा हुने छाट म देख्दिनँ । अस्ती भएको केन्द्रीय समिति बैठक हुनभन्दा अघि शेरबहादुरजी, रामचन्द्रजीसहित सबैसँग जेठका लागि डेट च्यान्ज गराँै भनेर मौखिक प्रस्ताव राखेको थिएँ । फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सम्झना गराउने गरी महाधिवेशन गरौँ भन्ने थियो । जेठ १५ गते गणतन्त्र दिवस पारेर गरौँ भन्ने मैले मौखिक प्रस्ताव राखेको थिएँ । शेरबहादुरजी तयार हुनुहुन्छ । सिटौलाजी पनि तयार हुनुहुन्छ । रामचन्द्र पौडेलजीको टिमको अरु मान्छे तयार हुनुहुन्छ । तर रामचन्द्र पौडेल होइन यो फागुनमै गर्नुपर्छ भन्नुहुन्छ । क्रियाशील सदस्यता वितरणको अवधि मङ्सिरसम्म बढाइएकोमा एक जिल्लाको मात्र विवरण आयो । अब नबढाई हुँदै हुँदैन । के हुन्छ त्यो केन्द्रीय समितिले तय गर्छ । मलाई लागेको कुरा पुसमा केन्द्रीय समिति बैठक हुन्छ । त्यसले १४औँ महाधिवेशनका लागि पूर्ण नयाँ कार्यतालिका ल्याउनुपर्छ ।

वरिष्ठ नेता पौडेलले फागुनभन्दा उता सार्नुहुन्न भनिराख्नु भएको छ । यसभित्रको उहाँको के इन्टेन्सन छ जस्तो लाग्छ ?

–मिति सार्यो कि काँग्रेस बानी त्यस्तै न हो । क्रियाशील सदस्यताको काम नभई महाधिवेशनको मिति घोषणा गरे मात्र त हुँदैन नि त । वडा समिति, क्षेत्रीय समिति र जिल्ला समितिले क्रियाशील सदस्यता सूची जबसम्म केन्द्रमा आउँदैन, तबसम्म महाधिवेशन रियल वर्क हुँदैन । त्यही ढिलो भइरहेको छ । रामचन्द्रजीको भनाइ पनि नराम्रो थिएन । ‘जेठमा महाधिवेशनको मिति सार्दा फागुनमा नहुने रहेछ अब पछि दिँदा पनि हुने रहेछ भनेर ढिला सुस्ती होला । फागुनकै मिति राखिराखौँ’ भन्ने उहाँको भनाइ पाइन्छ ।

६ महिना, एक वर्ष चुनाव हारेको मानसिकताबाटै ग्रसित थियौँ । चुनाव हार्नसाथ पार्टीभित्रैबाट आपसमा द्वन्द्व भयो । त्यो राम्रो कुरा थिए । मैले जहिले पनि भन्न्ने गरेको छु– नजिक वा टाढाको दूरीअनुसार मोटर वा मोटरसाइकलमा पेट्रोल वा डिजल हुनुपर्छ । गाडी जति राम्रो भए पनि पाँच लिटर मात्र तेल दियो भने त्यसले के हुन्छ ? निर्वाचनमा मतदातले हामीले त्यही पाँच लिटर दिए । नेपाली काँग्रेसको संसदीय गाडीमा पाँच लिटर तेल (भोट) दिने अनि त्यो गाडी समयमा गन्तव्यमा पुग्ने गरी स्पिडमा कुदेन भन्नु अन्याय होइन ?

नेपाली काँग्रेस निकै कमजोर भएको अवस्थामा १४औँ महाधिवेशनको तयारीमा छ । १३औँ महाधिवेशनले सही नेतृत्व छान्न नसक्दा काँग्रेस यो अवस्थामा आइपुगेको हो ?

–काँग्रेस कहाँ कमजोर छ । गएको चुनाव हार्नुमा १२औँ १३औँ महाधिवेशन केही पनि होइन । गिरिजाप्रसाद किसुनजी भएकै बेलादेखि देशमा हत्या हिंसा सुरु भयो । राजाको निरङ्कुशवाद र माओवादीको सशस्त्र द्वन्द्व एकै पटक भयो । यो दुईवटै अवस्थाबाट देशलाई कसरी निकाल्ने भन्ने हाम्रो प्राथमिकता भयो । चुनावमा कसरी चित्ने भन्ने हाम्रो प्राथमिकता भएन । जब देशमा राष्ट्रिय सङ्कट आउँछ । तब चुनावमा कसरी जित्ने भन्दा पनि राष्ट्रिय सङ्कटबाट देशलाई कसरी जोगाउने भन्ने राजनीतिक दल र नेतृत्व पहिलो प्राथमिकता हुनपर्छ । काँग्रेस र काँग्रेस नेतृत्वले त्यसैलाई प्राथमिकता दियो । गिरिजाप्रसाददेखि लिएर सुशील कोइराल शेरबहादुर देउवालगायत जति पनि हामी सबैले ध्यान त्यतापट्टि दिनुपर्यो । अनि चुनाव कसरी जित्ने भने हामीले रणनीति नै बनाउन सकेनौँ । अनि चुनाव हारौँ । नेतृत्व गलत भएर होइन ।

२०७४ सालको निर्वाचनमा पार्टीको पराजय हुनको कारणबारे नै आपसमा आरोप–प्रत्यारोपमा लामो समय बित्यो । काँग्रेसले समय र परिस्थितिको गम्भीरतालाई राम्ररी बुझ्न नसकेको त देखियो नि ?

– स्वाभाविक हो । ६ महिना, एक वर्ष चुनाव हारेको मानसिकताबाटै ग्रसित थियौँ । चुनाव हार्नसाथ पार्टीभित्रैबाट आपसमा द्वन्द्व भयो । त्यो राम्रो कुरा थिए । मैले जहिले पनि भन्न्ने गरेको छु– नजिक वा टाढाको दूरीअनुसार मोटर वा मोटरसाइकलमा पेट्रोल वा डिजल हुनुपर्छ । गाडी जति राम्रो भए पनि पाँच लिटर मात्र तेल दियो भने त्यसले के हुन्छ ? निर्वाचनमा मतदातले हामीले त्यही पाँच लिटर दिए । नेपाली काँग्रेसको संसदीय गाडीमा पाँच लिटर तेल (भोट) दिने अनि त्यो गाडी समयमा गन्तव्यमा पुग्ने गरी स्पिडमा कुदेन भन्नु अन्याय होइन ? त्यसकारण हाम्रो साइज अनुसारको भूमिका हुन्छ । काँग्रेस आफ्नो साइजभन्दा बाहिर गएर अहङ्कार गर्दैन । जनताले दिएको साइजअनुसार संसदमा कुरा उठाएका छौँ, आमसभामा कुरा उठाएका छौँ, जनता कहाँ पुगिरहेकै छौँ । लोकतान्त्रिक प्रणालीबाट जे भन्नुपर्ने हो त्यो कुरा जनतासँग हामीले जोडिरहेका छौँ ।

१४औँ महाधिवेशनबाट पार्टीभित्र गुट–उपगुटको अन्त्य भई एकता कायम हुने सम्भावना कति छ ?

– १४औँ महाधिवेशनपछि व्यवस्थित भएर जान्छ । गुट–उपगुट अंशबण्डा स्भाविक हो जस्तो लाग्छ । सृष्टिमै समूह हुन्छ । धर्म मान्नेहरुमा पनि कोही शिवलाई मान्छन्, कोही कृष्णलाई मान्छन्, कोही रामलाई मान्छन् र कोही दुर्गाभगवतीलाई मान्छन् । तर सबै हिन्दुधर्म भन्नेहरु हुन् । धर्म मान्नेमा पनि समूह वा पन्थ हुन्छ । त्यसकारण राजनीतिमा पनि गुट निस्तेज हुन्छ भनेर कसैले सोच्छ भने उहाँलाई माला लगाइदिन्छु । मैले त्यो कल्पना गरेको छैन । तर पार्टीभित्र विचारहीन गुट भएर ग्रस्त हुनु भनेको राम्रो कुरा हो । त्यसका लागि सबैभन्दा पहिले वैचारिक एकता हुनुपर्यो । दलको निर्माण पनि विचारका आधारमा हुने भएकाले एकता पनि त्यही आधारमा हुनुपर्छ । त्यसैले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा महत्त्वपूर्ण विषय हो । नयाँ संविधान र नयाँ संविधानको मूल तत्त्वप्रति हामी एक हुनुपर्छ । नेपाली काँग्रेसभित्र र देशभित्र वैचारिक एकता हुनुपर्यो ।

त्यो वैचारिक एकता के हो ?

अहिले हामीले देशमा परिवर्तन ल्याएका छौँ । परिवर्तनको माध्यबाट ल्याइएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधानमा अन्तरनिहित विचारप्रति एकता हुनुपर्यो । त्यो विचारको एकता हुनुभन्दा अगाडि विचारमा प्रस्टता हुनुपर्यो । कुनै विचारमा प्रतिबद्ध हुन प्रस्टता हुनुपर्छ । नेपाली काँग्रेसभित्रको एकताको कुरा गर्दा वैचारिक एकता हुनुपर्यो । नेपाली काँग्रेस सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, अहिंसा र शान्ति यो मेरो कुरा मात्र होइन अहिलेहको संविधानका मुख्य तत्त्व हुन् । यसबारे नेपाली काँग्रेसमा प्रस्टता र एकता हुनुपर्यो । त्यो हुँदा नेपाली काँग्रेसमा गुटबन्दीको आफै व्यवस्थापन हुन्छ । अर्को सहमतिबाट नेतृत्वको चयन पार्टीभित्र एकताको आधार हो । सहमतिबाट नेतृत्व चयन अलि जटिल विषय हो । कहिलेकहीँ असम्भव जस्तो पनि लाग्छ । तर असम्भव लाग्छ भने सम्भव गराउने काम पनि हामीले हो नि ? राजनीति असम्भवलाई सम्भव बनाउने खेल पनि हो नि । १४औँ महाधिवेशनसँग जोडिएर एकताको प्रश्नमा सर्वसम्मतिबाट नेतृत्वको चयन विषय हो । अहिले प्रमुख रूपमा सातवटा उम्मेदवारी देखा परेका छन् । आजसम्म कसैले आधिकारिक घोषणा गरेको छैन । सामान्यतया छलफल र चर्चा भइरहेकोमा सात जना उम्मेदावर देखिन्छ । त्यसमा तीन जना (शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला) १३औँ महाधिवेशनबाट प्रस्तावित उम्मेदवार हुन् भने चार जना पछि चर्चामा आएका हुन् । त्यसमा म भएँ, प्रकाशमान सिंह, शशांक कोइरला, शेखर कोइराला गरी सात जना भयौँ । यो सात जना मध्ये कोही एक जनाको पक्षमा बाँकी ६ जनाले मानिदियो भने सर्वसम्मतिको बाटोमा जान सकिन्छ कि भन्ने मेरो सुझाव हो ।

मेरो चहना सभापतिमा उठ्नु हो । उहाँ उठे पनि म उठ्छु । मेरो चाहाना छ, शेरबहादुरजी र रामचन्द्रजी मेरो एक जना प्रस्तावक र समर्थक होइदिनुहोस् । उहाँहरुसँगै सिटौलाजी, प्रकाशमानजी, शशांकजी, शेखरजी सबै मेरो प्रस्तावक र समर्थक बसिदिनुहोस् भन्ने मेरो चाहन हो । योभन्दा बाहेक मैले केही सोचेकै छैन ।

त्यसका लागि तपाईं तयार हो ?

त्यसका लागि म पनि तयार छु । सात जनामध्ये कुनै एक जनाको नाममा बाँकी पाँच जनाले समर्थन गरिदिए म पनि समर्थन गरिदिन्छु । मेरै नाममा सर्वसम्मति हुनुपर्यो भनेर पनि हुँदैन । अरु कुनै एक जनाको नाममा सहमति हुँदा म तयार छु ।

सर्वसम्मति हुन नसकेमा तपाईं प्रतिस्पर्धामा जानुहुन्छ ?

–त्यसो भएको खण्डमा म प्रतिस्पर्धामै पनि जान्छु । प्रतिस्पर्धामा जाँदा परिणाम जे आउँछ विपक्षीले मानिदिनुपर्छ । आज म तपाईंलाई एउटा नयाँ कुरा गर्छु । शेरबहादुरजी र रामचन्द्रजीको पटक पटकको टसलबारे शेरबहादुरजीले आफ्नो टिमको सबैको बीचमा भन्ने गर्नुहुन्छ– नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट म निर्वाचित सभापति भएको हुँ । त्यो कुरा रामचन्द्र पौडेलजी अहिलेसम्म रिकोग्नाइज नै गर्नुहुन्न भन्ने उहाँको आरोप छ । शेरबहादुरजी यो जायज कुरा हो । ‘१३ औँ महाधिवेशनमा म सभापति भएँ । विधान अनुसार मलाई निर्णय गर्न दिनुपर्यो नि ?’ भन्ने शेरबहादुरजीको भनाइ छ । विधान अनुसार नेपाली काँग्रेसको सबै निर्णय सकेसम्म सर्वसहमतिबाट गर्ने नभए बहुमतबाट गर्ने भनिएको छ । उहाँहरु बहुमतबाट निर्णय गर्न पाइँदै पाइँदैन भन्नुहुन्छ । बहुमतबाट निर्णय गुर्नभनेको एकलौटी गरियो भन्नुहुन्छ । अहिलेसम्म रामचन्द्रजी र सिटौलाजीसँग सल्लाह नगरी गरिएको छैन । म आफै उहाँहरुसँग कुरा गर्ने भएको छु । शेरबहादुरजीले मलाई नै धेरै ठाउँमा पठाउने गर्नुभएको छ । रामचन्द्र र सिटौलाजी मान्नुहुन्न यही मात्रै गर भन्नुहुन्छ । यो एउटा समस्या हो । सर्वसम्मतिबाट नेतृत्व चयन हुन सकेन भने प्रतिस्पर्धाबाट जितेर आएको प्रतिनिधिलाई काम गर्न दिनुपर्यो नि ? पराजित हुनेहरुले हामीले भनेअनुसार काम गर, होइन भने मान्दिनँ, तेरो कुरा स्वीकार गर्दिनँ, तेरो निर्णय मान्दिनँ, एकलौटी गरिस्, तँ अधिनायवादी भइस्, मनोपोली गरिस् भन्न मिल्दैन नि त ? त्यसो भने उसले किन जितेको त ? कार्यकर्ताले किन मत दिएको त ? सल्लाह गर्ने हो तर नेतृत्वलाई निर्णय गर्न दिनुपर्यो नि ? अनिर्णयको बन्द बनाउनु भएन । त्यसैलाई गुटबन्दीको शिकार गर्नु भएन भन्ने कुरा हो ।

सभापति शेरबहादुर देउवाको सहयोगीका रूपमा लामो समय तपार्इंले भूमिका निर्वाह गर्नुभयो । अहिले आगामी नेतृत्वका लागि देउवाले धारणा बनाइनसक्दै तपाईंले उम्मेदवारी घोषणा गर्नुभयो । देउवाको साथ छोड्न लाग्नुभएको हो ?

 –मेरो सम्बन्ध सबैसँग कायम नै रहेको छ, रहन्छ पनि । शेरबहादुरजीसँग मेरो लामो राजनीतिक सहकार्य र सम्बन्ध छ । त्यो सम्बन्ध कायमै रहन्छ । मैले म सभापतिमा उठ्छु भनेर उहाँलाई नै भनिसकेको छु । अहिलै अझै समय बाँकी छ । सभापतिमै उठ्दैमा सम्बन्ध विग्रिन्छ भन्ने होइन ।

मैले ७७ वटा जिल्ला सभापतिमध्ये ७२ जना जिल्ला सभापतिसँग फोनमा कुरा गरिसकेँ । कोरोनाका कारणले मैले जिल्ला भ्रमण गर्न पाएको छैन । १६५ जना क्षेत्रीय सभापति र साविकको २४० निर्वाचन क्षेत्रका सभापति महाधिवेशनमा प्रमुख मानिन्छन् । त्यसमा मैले करिब ८० प्रतिशतसँग मैले टेलिफोनबाट आफ्नो उम्मेदवारीबारे सरसल्लाह गरेको छु ।

१३औँ महाधिवेशनमा तपाईं शेरबहादुर देउवालाई जिताउन लाग्नुभएको थियो । १४औँ महाधिवेशनमा तपाईंले आफै उम्मेदवारभन्दा उहाँलाई दबाब त हुन्छ होला नि ?

–त्यतापट्टि मैले कही सोचेकै छैन । मेरो चहना सभापतिमा उठ्नु हो । उहाँ उठे पनि म उठ्छु । मेरो चाहाना छ, शेरबहादुरजी र रामचन्द्रजी मेरो एक जना प्रस्तावक र समर्थक होइदिनुहोस् । उहाँहरुसँगै सिटौलाजी, प्रकाशमानजी, शशांकजी, शेखरजी सबै मेरो प्रस्तावक र समर्थक बसिदिनुहोस् भन्ने मेरो चाहन हो । योभन्दा बाहेक मैले केही सोचेकै छैन ।

औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि सभापतिको उम्मेदवारका रूपमा प्रस्तुत हुन थाल्नुभएको छ । भावी सभापतिका लागि आन्तरिक तयारी कहाँ कसरी अगाडि बढाइराख्नु भएको छ ?

मैले ७७ वटा जिल्ला सभापतिमध्ये ७२ जना जिल्ला सभापतिसँग फोनमा कुरा गरिसकेँ । कोरोनाका कारणले मैले जिल्ला भ्रमण गर्न पाएको छैन । १६५ जना क्षेत्रीय सभापति र साविकको २४० निर्वाचन क्षेत्रका सभापति महाधिवेशनमा प्रमुख मानिन्छन् । त्यसमा मैले करिब ८० प्रतिशतसँग मैले टेलिफोनबाट आफ्नो उम्मेदवारीबारे सरसल्लाह गरेको छु ।

तपाईंको उम्मेदवारीबारे उहाँहरुबाट कस्तो प्रतिक्रिया पाउनुभयो त ?

–तपाईंको उम्मेदावरी जायज छ । ठीक हो । प्रायः सबैले तपाईंको उम्मेदवारीलाई सकारात्मक लिन्छौँ । साथ दिन्छौँ भन्नु भएको छ । मैले केन्द्रीय सदस्यसँग पनि कुरा गरेको छु । सातै प्रदेशका संसदीय दलका नेतासँग पनि कुरा गरेको छु । केही महाधिवेशन प्रतिनिधिसँग पनि कुरा गरेको छ । तयारी भनेको यस्तै त हो नि ? तयारीको असली चरण क्रियाशील सदस्यताको सूची केन्द्रमा आइपुग्दैन, जबसम्म वडा तहबाट अधिवेशन सुरु हुँदै पालिका, प्रदेश निर्वाचन क्षेत्र सङ्घीय निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको चयनपछि मात्र साँचो अर्थमा उम्मेदवारीको प्रभावकारी तयारी हुन्छ । त्यअगाडि मैले आफ्नो कुरा, उहाँहरुको राय, सल्लाह र सुझाव लिरहेको छु । सबैले समर्थन र प्रशंसा गर्नुभएको छ ।

१४औँ महाधिवेशनको मुखमा जबरजस्त काँग्रेसमा पुस्तान्तरणको मुद्दा उठेको छ । यो कत्तिको सम्भव छ ?

 –नेतृत्व परिवर्तन, पुस्तान्तरण र नेतृत्वको चयन एउटा विधि, प्रक्रिया र पद्धतिबाट निर्धारण हुन्छ । यसको विधि र प्रक्रिया क्रियाशी सदस्यतापछि, वडा, पालिका, प्रदेश, क्षेत्रीय अधिवेशनपछि टुङ्गो लाग्छ । केन्द्रीय नेतृत्वमा पुस्तान्तरण र नेतृत्व परिवर्तन महाधिवेशनले गर्ने हो । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा लगभग ४५ सय महाधिवेशन प्रतिनिधिले भाग लिन्छन् । ४५ सय प्रतिनिधि नै सबै पदका लागि उम्मेदवार हुनेसक्ने अधिकार राख्छन् । तीहरु नै त्यसका लागि मतदान गर्न अधिकार राख्छन् । पुस्तान्तरण र नयाँ नेतृत्व ल्याउने अधिकारसम्मत निकाय महाधिवेशन प्रतिनिधि हो । उहाँहरुले जे तय गर्नुहुन्छ त्यो सबैले मान्नुपर्छ ।

अन्तिममा शेरबहादुर देउवाले तपाईंलाई सभापतिको उम्मेदवारका रूपमा अगाडि सार्ने अवस्था बनेन भने सिटौला समूहसँग तपाईंले सहकार्यको हात अगाडि बढाउने चर्चा छ । खास कुरा के हो ?

 यो प्रश्न सोध्ने बेला भइसकेको छैन ।स्रोतः रातोपाटी