April 25, 2024, Thursday
२०८१ बैशाख १४
1:37:26 pm

गर्भवती सांसदको पेटमा लात हान्ने विपक्षी सांसदलाई जेल हालियो

1.3K

एजेन्सी । गर्भवती सांसदको पेटमा लात हान्ने सेनेगलका दुई विपक्षी सांसदलाई जेल चलान गरिएको छ । संसदमा भइरहेको बजेटसम्बन्धी बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा उनीहरुलाई छ महिनाको जेल सजाय सुनाइएको छ ।

गर्भवती सांसदले विपक्षी धार्मिक व्यक्तित्वको आलोचना गरेपछि ती पुरुष सांसदहरूले एमी एनडियामाथि संसदभित्रै आक्रमण गरेका थिए । न्यायाधीशले लात हान्ने मामाडो नियाङ र मासाटा साम्ब एनडियायेलाई ५० लाख सीएफए फ्रयांक क्षतिपूर्तिको आदेश पनि दिएका छन् ।

उक्त घटनाको व्यापक निन्दा र महिला अधिकारको बारेमा बहस थालिएको छ । अनलाइनमा व्यापक रूपमा शेयर गरिएको भिडियोमा नियमित बजेट बहसको क्रममा पहिले उनलाई थप्पड हानेको देखिन्छ । गर्भवती सांसदले कुर्सी हानेर बदला लिन्छिन्,तर तत्काल अर्का पुरुष सहकर्मीले उनको पेटमा लात हानेको भिडियोमा प्रष्ट छ ।

Advertisement