July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

बङ्गलादेशमा थप एक हप्ता ‘कडा लकडाउन’ हुने

115

एजेन्सी- कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बङ्गलादेशमा जारी लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ ।

बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय गरेसँगै अब यही जुलाई १४ तारिखसम्म लागू हुने भएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

सरोकारवाला तथा विज्ञहरूसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन थप्नुपर्ने सुझाव दिएकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको सरकारले जनाएको छ ।

कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा यही जुलाई १ देखि सात दिने कडा लकडाउन घोषणा गरिएको थियो ।

बङ्गलादेशमा गत आइतबार कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीका अनुसार आइतबार एकैदिनमा बङ्गलादेशमा कोरोनाका कारण १५३ जनाको मृत्यु भएको छ ।

मृतकको सङ्ख्या अत्यधिक बढेपछि कडा लकडाउन लगाउन बाध्य हुनुपरेको सरकारी अधिकारीहरूले बताउने गरेका छन् । बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म १५ हजार २२९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म ९ लाख ५४ हजार ८८१ जना सङ्क्रमित भएका छन् । तीमध्ये ९ हजार ९६४ जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।