November 18, 2025, Tuesday
२०८२ मंसिर २
1:37:26 pm

जापानमा ६.९ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

4.5K

काठमाडौं–जापानमा शनिबार गएको ६.९ म्याग्निच्युडको भूकम्पपछि सुनामी आउन सक्ने मौसम विज्ञान निकायले चेतावनी दिएको छ।

चेतावनी दिँदै निकायले उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका वासिन्दालाई सचेत रहनसमेत आग्रह गरेको छ।

भूकम्पका कारण तत्काल मानवीय क्षति नभए पनि सुनामी आउन सक्ने अवस्थालाई ध्यानमा राख्न जापानी अधिकारीले नागरिकलाई सचेत रहन आग्रह गरेका हुन्।

Advertisement

स्थानीय समय अनुसार शनिबार साँझ ६ बजेर ९ मिनेट जाँदा महशुस गरिएको भूकम्पको केन्द्रविन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको जापानी मौसम विज्ञान निकायले बताएको छ।

भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्मको पानीको तरङ्ग निस्किनसक्ने भन्दै तटीय क्षेत्रमा रहेका हजारौ नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिइएको छ।