February 25, 2021, Thursday
२०७७ फाल्गुन १३
1:37:26 pm

चीनमा पत्रकारसहित ६ जना गिरफ्तार

नेपालमामिला संवाददाता
२०७७ फाल्गुन ११

175

काठमाडाैं– अमेरिकाले भारत र चीनका सैनिकबीच भइरहेकाे तनाव कम गर्न मध्यस्तकर्ताकाे भूमिका खेल्न तयार रहेकाे बताइरहँदा दुई पत्रकारसहित केही व्यक्ति पक्राउ परेका छन्। 

मृतक सेनाप्रति अनैतिक टिप्पणी गरेको भन्दै चीनमा पत्रकारसहित ६ जनालाई गिरफ्तार गरेर साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

उनीहरुले गलवान उपत्यकामा भारतीय सेनासँगको झडपमा मारिएका चार सेना र घाइते भएका एक सेनाको बेइज्जत गरेको चीनको भनाइ छ।

पक्राउ परेकामध्ये पत्रकार क्यु जिमिङ पनि छन्। ३८ वर्षका उनले यसअघि द इकोनोमिक अब्जर्भरमा खोजमूलक पत्रकारिता गरेका थिए।

उनको अभिव्यक्तिले तथ्यलाई तोडमोड गरेर समाजमा नकरात्मकता र अफवाह फैल्याएको बताइएको छ।

पक्राउ परेकाहरुले गत वर्षको मे ५ मा भएको भिडन्तमा मारिएका चिनियाँ सेनाको संख्यामा आशंका व्यक्त गरेका स्थानिय अधिकारीहरुले जनाएका छन्।

‘चारभन्दा बढी नै चिनियाँ सेना मारिएको हुनसक्ने हाल पक्राउ परेकाहरुले धारणा राखेका थिए,’ समाचारमा भनिएकाे छ।