July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

म्यानमारमा ‘कू’ विरुद्ध जनप्रदर्शन जारी, प्रहरीद्वारा प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार

960

म्यानमार: म्यानमारमा सैन्य कू विरुद्ध नागरिकहरु आन्दोलित छन् । चौथौ दिन पनि सैन्य शासनविरुद्ध नागरिकहरु सडकमा ओर्लिएका छन् ।

यागौंमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। यागौंमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। ठूलो जनप्रदर्शन गर्न रोक लगाएपनि म्यानमारका विभिन्न शहरमा हजारौं मानिस प्रदर्शनमा उत्रेका हुन्।

सेनाले नियन्त्रणमा लिएको स्टेट काउन्सलर आङ सान सूचीको तस्विर लिएर प्रदर्शनमा उत्रेन धेरैजसो युवा रहेका छन्। प्रदर्शनकारीहरुले तीन औंला ठड्याएर सेनाविरुद्ध सडकमा प्रदर्शनरत् छन्। विरोध बढ्दै गएसँगै सेनाले देशभर इन्टरनेट सेवा अवरुद्ध गरेको छ। यद्यपि, विभिन्न उपायहरु निकालेर उनीहरुले विरोधका तस्विर र भिडियो सार्वजनिक गर्ने प्रयास भने गरिरहेका छन्।