April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु

305

काठमाडौं । दक्षिण अमेरिकी देश कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ । मुलुकको दक्षिणी भेगमा उक्त विमान टेकअफलगत्तै दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

कोलम्बियाली वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाका अनुसार विमानमा ११४ सैनिक र ११ जना क्रु मेम्बर थिए । अमेरिकामा बनेको सी–१३० हरक्युलिस जहाज सैनिकहरू ओसारपसारका लागि प्रयोग भइरहेको थियो । लकहिडको डिजाइन र निर्माणमा तयार भएको जहाजमा ४ वटा टर्बोप्रोप इन्जिन हुन्छ । जुन जहाजले छोटो र सामान्य धावनमार्गबाट पनि अवतरण र उडान भर्न सक्छ ।

mostbet

उक्त जहाज पुटुमायो प्रान्तको लेगुइजामो सहर नजिकै दुर्घटनामा परेको हो । कोलम्बियाली अधिकारीहरूले अहिले पनि उद्धार कार्य जारी रहेको बताएका छन् ।

Advertisement