काठमाडौं । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ। लारिजानी मुलुकको सुरक्षा र रणानीति बनाउने निकाय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख रहेका लारिजानी सोमबार इसराइलको हमलमा मारिएको इरान र इसराइल दुवै पक्षले पुष्टि गरेको हो।
यसअघि इसराइली रक्षामन्त्री इसराइल कात्जले इसराइली आक्रमणबाट लारिजानी मारिएको दाबी गरेका थिए। मंगलबार परिषद्ले विज्ञप्ती जारी गरी लारिजानीको मृत्यु भएको पुष्टि गरेको हो।
युद्ध सुरू भए यता इरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछि उच्च तहका व्यक्तिको हत्या भएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार सोमबार राति भएको आक्रमणमा लारिजानीसँगै उनका छोरा र उनका सहायक अलीरेजा बायात पनि मारिएका छन्।
लारिजानी इरानको सत्ता संरचनाभित्र प्रभावशाली तथा व्यवहारिक नेताका रूपमा चिनिन्थे।