April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

इरान युद्ध गलत भन्दै ट्रम्पका उच्च सहयोगीले दिए राजीनामा

370

काठमाडौं । इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै डोनाल्ड ट्रम्प प्रशासनको आतंकवादविरोधी केन्द्रका निर्देशक जो केन्टले राजीनामा दिएका छन्।

सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै उनले राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न आग्रह पनि गरेका छन्।

mostbet

केन्द्रका निर्देशक केन्टले आफ्नो एक्स अकाउन्टमा पोस्ट गरेको पत्रमा इरान अमेरिकाका लागि तत्काल खतरा नभएको बताएका छन्। उनले ट्रम्प प्रशासनले इजरायल र उसको शक्तिशाली अमेरिकी लबीको दबाबमा यो युद्ध सुरु गरेको दाबी गरेका छन्।

Advertisement