काठमाडौं । साउदी अरबमा रहेको अमेरिकी दूतावासमा ड्रोन हमला भएको छ । साउदी अरबको रक्षा मन्त्रालयका अनुसार रियादस्थित अमेरिकी दूतावासमा हमला भएको हो ।
दूतावासले एक्समा हमलाबाट हल्का आग लगी भएको र भवनमा थोरै क्षति भएको उल्लेख गरेको छ । साउदी अरबको अमेरिकी मिशनले जेद्दा, रियाद र धहरानमा रहनेहरूलाई घरमै सुरक्षित रहन सल्लाह दिएको छ ।
त्यसअघि सोमबार कुवेतमा अमेरिकी दूतावास क्षेत्रमा धुवा देखिएको थियो । त्यसपछि दूतावासले दूतावासमा नआउन र आफ्नै घरमा सुरक्षित रहन आग्रह गरेको थियो ।
अमेरिका र इजरायलले शनिबार इजरायलमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा इरानी सर्वोच्च नेता आयतुल्लाह अलि खमेनेई मारिएका थिए ।
त्यसयता इरानले पनि जवाफी कारबाही गरिरहेको छ । उसले विशेषगरि खाडी देशहरुमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्दैै मिसाइल प्रहार गरिरहेको छ ।