काठमाडौं । इरानी आक्रमणमा परी युएईमा एक नेपालीको मृत्यु भएको छ । आक्रमणमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपालीसहित पाकिस्तानी र बंगलादेशी नागरिक रहेका छन् ।
त्यस्तै इमिराती, इजिप्टियन, इथियोपियन, फिलिपिनो, पाकिस्तानी, इरानी, भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमनी, युगान्डाली, इरिट्रियन, लेबनानी र अफगान नागरिक गरी ५८ जना सामान्य घाइते भएका छन् ।
मन्त्रालयले हवाई प्रतिरक्षा प्रणालीमार्फत ब्यालिस्टिक मिसाइल र ड्रोन अवरोध गर्ने क्रममा केही अवशेष देशका विभिन्न भागमा खसेका कारण सर्वसाधारणका सम्पत्तिमा सामान्यदेखि मध्यम स्तरसम्मको भौतिक क्षति पुगेको जनाएको छ ।
मन्त्रालयले सशस्त्र बल कुनै पनि खतरा सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको दोहो¥याउँदै नागरिक, बसोबास गर्ने विदेशी र आगन्तुकको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको स्पष्ट पारेको छ ।