March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

इरानद्वारा युएईमा मिसाइल हमला

२०८२ फाल्गुन १६

285

काठमाडौं । इरानले संयुक्त अरब इमिरेट्स (युएई)मा पनि मिसाइल हमला गरेको छ। शनिबार दिउँसो इरानले हानेको मिसाइल युएईले आकाशमै नष्ट गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ ।

उक्त हमलाबाट एक जनाको मृत्यु भएको पनि युएईको सरकारी समाचार संस्थालाई उद्धृत गरेर सिएनएनले लेखेको छ। युएईको रक्षा मन्त्रालयका अनुसार मृतक एसियाली नागरिक थिए।

pin up pinup

आबुधाबीमा युएईको हवाई प्रतिरक्षा प्रणालीले मिसाइल आकाशमै नष्ट पारेको तर त्यसको टुक्रा एउटा घरमा  एक जनाको मृत्यु भएको जनाइएको छ। 

Advertisement

यो आक्रमणलाई युएईले इरानको कायरतापूर्ण काम भनेको छ। 

विश्लेषकहरूले यस घटनाले खाडी क्षेत्रमा तनाव थप बढाउने संकेत गरेको बताएका छन्।

आजै बहराइनमा पनि इरानले मिसाइल हानेको थियो।

अमेरिका र इसराइलले शनिबार बिहान इरानमा हवाई आक्रमण गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरूद्ध विशेष कारबाही सुरू भएको घोषणा गरेको छ।

अमेरिका र इसराइलले हमला गरेपछि इरानले इसराइल र अमेरिकी सैन्य अड्डा रहेको मध्यपूर्वका अन्य देशहरूमा हवाई आक्रमण गरेको छ। 

इरानले यसअघि नै अमेरिका हमलामा उत्रिए त्यसको जबाफ दिने चेतावनी दिएको थियो।