March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

बेलायतका राजा चाल्र्सका भाइ एन्ड्र्यु रिहा

405

बेलायतका राजा चाल्र्सका भाइ एन्ड्र्यु माउन्टबेटन–विन्डसरलाई प्रहरीले रिहा गरेको छ। उनलाई बिहीबार सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा पक्राउ गरिएको थियो।

तर, उनीविरुद्धको अनुसन्धान भने अझै जारी रहने बताइएको छ। बिहीबार साँझ जारी गरिएको अपडेटमा टेम्स भ्याली प्रहरीले एन्ड्र्युलाई ‘अनुसन्धान प्रक्रियाअन्तर्गत रिहा गरिएको’ पुष्टि गरेको छ। वक्तव्यमा नोरफोक क्षेत्रमा गरिएको खानतलासी कार्य पनि सम्पन्न भएको उल्लेख छ।

pin up pinup

राजा चाल्र्स तृतीयले एन्ड्र्युको पक्राउबारे प्रतिक्रिया दिँदै ‘कानुनलाई आफ्नो काम गर्न दिनुपर्छ’ भनेका छन्। उनले प्रहरीलाई आफ्नो ‘पूर्ण समर्थन र सहयोग’ रहने पनि बताएका छन्।टेम्स भ्याली प्रहरीले यसअघि यौन अपराधी जेफ्री एपस्टीनसँग एन्ड्र्युको सम्बन्धसँग जोडिएका आरोपहरूको अनुसन्धान गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो।

Advertisement

प्रहरीले जेफ्री एपस्टीनसँग कथित रूपमा गोप्य जानकारी साझेदारी गरिएको आरोपबारे पनि समीक्षा गरिरहेको जनाएको छ। हालै अमेरिकी सरकारद्वारा सार्वजनिक गरिएका कागजातहरूमा एपस्टीन र एन्ड्र्युबीचका संवादहरू समावेश गरिएको थियो।