January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

भेनेजुएलामा अमेरिकी आक्रमणमा सर्वसाधारणसहित कम्तीमा १ सय जनाको मृत्यु

605

काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने उद्देश्यले गरेको आक्रमणमा कम्तीमा सय जनाको मृत्यु भएको छ ।

भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोसडाडो क्याबेलोले बुधबार अबेर यसको पुष्टि गर्दै मृतकको संख्या अझै बढ्न सक्ने बताएको सीएनएनमा उल्लेख छ ।

mostbet

मन्त्री क्याबेलोका अनुसार आक्रमणमा सय जना मारिनुका साथै सोही संख्यामा मानिसहरू घाइते भएका छन् । उनले मारिनेहरूमा द्वन्द्वसँग कुनै सरोकार नभएका सर्वसाधारण नागरिक र आफ्नै घरमा बसिरहेका महिलाहरू समेत रहेको बताएका छन् ।

Advertisement

भेनेजुएलाको राजधानी र अन्य क्षेत्रमा खसालिएका शक्तिशाली बमका कारण ठुलो क्षति भएको बताइएको छ ।

यसैबिच, क्युबा सरकारले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त सैन्य अभियानका क्रममा आफ्ना ३२ जना नागरिक मारिएको जानकारी दिएको थियो । क्युबाली सशस्त्र बल र गृह मन्त्रालयको मिशनमा रहेका ती नागरिकहरू ‘लडाइँका क्रममा’ मारिएको दाबी क्युबाले गरेको छ ।

यद्यपि, भेनेजुएलाले सार्वजनिक गरेको १०० जनाको मृत्युको तथ्याङ्कमा क्युबाली नागरिकहरू समावेश छन् वा छैनन् भन्नेबारे मन्त्री क्याबेलोले स्पष्ट पारेका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै उक्त आक्रमणमा कुनै पनि अमेरिकी सैनिकको ज्यान नगएको दाबी गरेका थिए । तर, आक्रमणका क्रममा एक हेलिकप्टरमा क्षति पुग्दा केही अमेरिकी सुरक्षाकर्मीहरू घाइते भएको उनले स्वीकार गरेका छन् ।