January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

अमेरिकामा दुई हेलिकोप्टर आकाशमै ठोक्किदा एकजना पाइलटको मृत्यु

825

अमेरिका । अमेरिकामा दुईवटा हेलिकोप्टर आकाशमै ठोक्किदा एकजना पाइलटको मृत्यु भएको छ भने अर्का पाइलट गम्भीर घाइते भएका छन् । न्यु जर्सीको ह्यामन्टनमा आकाशमै दुई हेलिकप्टर ठोक्किएर दुर्घटना भएको अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ ।

एसोसिएटेड प्रेसका अनुसार घटना स्थानीय समय अनुसार बिहान ११ः२५ बजे एट्लान्टिक काउन्टीको सानो एयरफिल्ड ह्यामन्टन म्युनिसिपल एयरपोर्टमा भएको थियो । ह्यामन्टन प्रहरी प्रमुख केभिन फ्रिलले विमानस्थल नजिकै विमान दुर्घटना भएको खबर पाएपछि आपतकालीन टोलीहरू पठाइएको बताए । घटनास्थलबाट प्राप्त भिडियोमा हेलिकोप्टर जमिनमा ठोक्किनुअघि तीव्र गतिमा घुमिरहेको देखिएको छ ।

mostbet

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरी र अग्निनियन्त्रक टोली घटनास्थलमा पुगेर आगो नियन्त्रण गर्ने कार्य गरेका थिए । संघीय उड्डयन प्रशासनले एनस्ट्रोम एफ–२८ए हेलिकोप्टर र एनस्ट्रोम २८०सी हेलिकोप्टर बीचको ठक्करको रिपोर्ट गरेको छ । दुर्घटनाको समयमा दुवै विमानमा पाइलटहरू मात्र थिए ।

Advertisement

दुर्घटनाको कारण पत्ता लागेको छैन।