January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

कर्नाटकमा बस र ट्रक ठोक्किएर आगलागी हुँदा ११ जनाको मृत्यु, २४ घाइते

680

काठमाडौं । भारतको कर्नाटकमा भएको एक सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

भारतीय समाचारहरुमा उल्लेख भएअनुसार बुधबार राति करिब सवा २ बजेतिर नेशनल हाइवे ४८ क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

mostbet

बेङ्लुरुबाट गोकर्णतर्फ जाँदै गरेको र अगाडि बाट आउँदै गरेको ट्रक एक आपसमा ठोक्किएका थिए । त्यसपछि बसमा आगलागी भएको हो ।

Advertisement

बस स्लीपर कोचको हो । जसमा ३२ जना पर्यटक थिए । हालसम्म ११ जनाको शव पहिचान भएको छ । सबै घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ ।