भारतीय जनता पार्टी (भाजपा)का नयाँ कार्यकारी अध्यक्षमा नीतिन नवीन चयन भएका छन् । वर्तमान पार्टी प्रमुख जगत प्रकाश नड्डाको स्थानमा सोमबार ४५ वर्षीय नवीन नयाँ कार्यकारी अध्यक्षमा चयन भएका हुन् ।
नवीन विहारमा भाजपाका तर्फबाट पटक–पटक सांसद र मन्त्री बनिसकेका छन् । हाल उनी विहारका शहरी विकास मन्त्री र पटनाको बाँकीपुरका विधायक हुन् ।
उनी भाजपाको कार्यकारी अध्यक्षमा नियुक्त भएकोमा बधाई दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले नवीनलाई ‘संगठनात्मक अनुभव भएको मिहिनेती युवा नेता र विहारमा धेरै कार्यकालसम्म विधायक र मन्त्रीको रूपमा प्रभावशाली रेकर्ड भएका व्यक्ति’ भनेका छन् ।