January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

धनी व्यक्तिहरूका लागि अमेरिकाले गर्‍यो १० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा घोषणा

330

अमेरिकाले आर्थिक स्रोत बलियो भएका धनी व्यक्तिहरूलाई सजिलै भिसा दिने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तिमा १० लाख डलर तिर्न सक्ने धनी विदेशीहरूलाई ‘फास्ट-ट्रयाक’ प्रक्रियाबाट अमेरिकाको भिसा दिने योजना सुरू गरेको बिबिसीले लेखेको छ। ट्रम्पले यसलाई ‘गोल्ड कार्ड’ योजना भनेका छन्।

बुधबार सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले यो कार्डले योग्य र परीक्षण गरिएका व्यक्तिहरूलाई नागरिकता पाउन प्रत्यक्ष बाटो दिने बताएका छन्।

mostbet

बिबिसीका अनुसार ‘ट्रम्प गोल्ड कार्ड’ त्यस्ता व्यक्तिलाई दिइने भिसा हो, जसले अमेरिकालाई ‘महत्त्वपूर्ण लाभ’ पुर्‍याउन सक्छन्।

Advertisement

यो योजनाको घोषणा त्यति बेला आएको हो, जब वासिङ्गटनले आफ्नो अध्यागमन नीतिमा कडाइ गर्दै कामदारको भिसा शुल्क बढाइरहेको छ र कागजातविहीन आप्रवासीलाई देश निकाला गरिरहेको छ।

गोल्ड कार्ड योजनाले ‘रेकर्ड समय’ मै अमेरिकी बसोबासको प्रबन्ध गर्ने प्रतिज्ञा गर्छ र यसका लागि १० लाख डलर तिर्नुपर्नेछ।

आफ्ना कर्मचारीलाई स्पोन्सर गर्ने व्यवसायीहरूले २० लाख डलर तिर्नुपर्नेछ। त्यसबाहेक थप शुल्क पनि लाग्नेछ।