काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली संसद्लाई सम्बोधन गर्ने क्रममा हंगामा भएको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भाषणपछि संसदलाई सम्बोधन गरेका ट्रम्पलाई एक इजरायली विपक्षी सांसदले ‘प्यालेस्टाइनलाई मान्यता दिनुहोस्’ लेखिएको एउटा कागज देखाए ।
उक्त कारण ट्रम्पले केही समयका लागि आफ्नो भाषण रोक्नु परेको थियो भने ती विपक्षी सांसदलाई तुरुन्तै बाहिर निकालियो ।
त्यसपछि ट्रम्पले आफ्नो भाषण पुनः सुरु गरे । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई धन्यवाद दिए । उनले इजरायल–हमास वार्तामा मध्यस्थता गर्ने अरब देशहरूलाई पनि धन्यवाद दिए ।