April 18, 2024, Thursday
२०८१ बैशाख ७
1:37:26 pm

अमेरिकामा एकैदिनमा तीन हजार संक्रमितको मृत्यु

2.2K

एजेन्सी – अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि मृत्यु भएकाहरुको सङ्ख्यामा वृद्धि भएको छ ।  कोरोनाविरुद्धको खोप फाइजर प्रयोग गर्न सकिने सल्लाह विज्ञहरुले दिइरहेकै बेला पनि अमेरिकामा कोरोनाभाइरसको महामारी बढ्दै गइरहेको देखिएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा विगत २४ घण्टामा एकैदिन तीन हजार १२४ व्यक्तिको मृत्यु भएको छ ।  पछिल्लो पाँच दिनमा मात्रै थप झण्डै पाँच लाख जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।

महामारी देशभरी नै बढ्दै गइरहेको र स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई दवाव पनि बढेको अधिकारीहरूले बताएका छन् । 

Advertisement