November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

विश्वव्यापी खाद्य संकट उत्पन्न गरेको आरोप रुसद्वारा अस्वीकार

2.7K

एजेन्सी । रुसले विश्वव्यापी खाद्य संकट उत्पन्न गरेको आरोप अस्वीकार गरेको छ। 

कूटनीतिक अभियानमा इजिप्टमा रहेका रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले कायरोस्थित अरब लिगका राजदूतहरूको भेलामा पश्चिमा देशहरूले विश्वव्यापी खाद्य सुरक्षामा परेको असरबारेको तथ्य तोडमोड गरेको दाबी गरेका हुन्।

उनले पश्चिमा देशहरू अन्य देशमाथि हाबी हुन खोजेको आरोप लगाएका छन्। 

Advertisement

रुसले युक्रेनमा गरेको युद्धका कारण अरब र अफ्रिकी देशहरूमा खाद्यान्नको चरम अभाव भएको छ।

युक्रेनमा उत्पादित अन्नको निर्यात गर्नेसम्बन्धी शुक्रवार भएको एक ऐतिहासिक सम्झौता पनि ओडेसा बन्दरगाहमा शनिवार रुसले आक्रमण गरेपछि अलपत्र परेको छ।

युद्धबारे आक्रोश बढिरहेका वेला रुसको पक्षमा समर्थन जुटाउन लाभ्रोभ तीन अफ्रिकी देश जाँदैछन्।