श्रीलंकाको नयाँ प्रधानमन्त्री दिनेश गुणावर्धनले आज शपथ ग्रहण गरेका छन् । ७३ वर्षका गुणावर्धन यसअघि विदेशमन्त्री र शिक्षामन्त्री बनिसकेका छन् ।
गुणावर्धनको नियुक्ति ६ पटकका प्रधानमन्त्री रनिल विक्रमासिङ्घे राष्ट्रपति बनेपछि भएको हो ।
अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले उनलाई गृहमन्त्री नियुक्त गरेका थिए ।