November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

टर्कीले गर्‍यो इराकको दुहोकमा तोप प्रहार, ९ पर्यटकको मृत्यु

2.5K

काठमाडौ : टर्कीले छिमेकी राष्ट्र इराकमाथि आक्रमण गरेको छ।

टर्कीले इराकको दुहोक प्रान्तको पारख गाउँमा ठूलो संख्यामा तोप प्रहार गरेको जी न्युजले उल्लेख गरेको छ। बुधबार भएको घटनामा ९ इराकी नागरिकको मृत्यु भएको छ भने २४ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।

मृत्यु भएकाहरू सबै पर्यटक भएको बताइएको छ। आक्रमणप्रति कडा असन्तुष्टि व्यक्त गर्दै इराकले टर्कीबाट आफ्नो वाणिज्य दूतावास इन्चार्जलाई फिर्ता बोलाएको छ।

Advertisement

टर्कीले भने हमलामा आफ्नो हात नभएको दाबी गरेको छ। इराकी समाचार एजेन्सीले टर्की सेनाले तोपखानाबाट गोली प्रहार गरेको जनाएको छ।