August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभानाको निधन

620

लन्डन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभाना ट्रम्पको निधन भएको छ । ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमार्फत इभानाको सम्झनामा सन्देश लेखेका छन् ।

उनले लेखेका छन्, ‘उनी एक सुन्दर र अद्भुत महिला थिइन्, जसले उत्कृष्ट र प्रेरणादायी जीवन बिताइन् ।’

इभाना ट्रम्पको जन्म चेक रिपब्लिकमा भएको थियो र उनले सन् १९७७ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइन् । उनीबीच तीन सन्तान छन्, डोनाल्ड जुनियर, इभान्का र एरिक ट्रम्प । १५ वर्ष सँगै बसेपछि सन् १९९२ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।

Advertisement

समाचार एजेन्सी एपीका अनुसार ७३ वर्षीया इभानाको मृत्यु कुनै आकस्मिक कारणले भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । स्रोतलाई उद्धृत गर्दै एपीले इभाना न्यूयोर्कमा उनको घरको सिँढी नजिकै भेटिएकी थिइन् । उनी खसेको हुनसक्ने अनुमान छ ।