August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको शव राजधानी लगियो

555

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको शव राजधानी टोकियो लगिएको छ । हत्या भएको एक दिनपछि उनको शवलाई राजधानी लगिएको हो ।

शिन्जो आबेलाई शुक्रबार आइतबार हुने चुनाव प्रचारप्रसारको क्रममा जनतालाई सम्बोधन गरिरहेका बेला गोली प्रहार गरी हत्या गरिएको थियो । प्रहरीका अनुसार घटनास्थलबाट पक्राउ परेका ४१ वर्षीय व्यक्तिले घरेलु बन्दुक प्रयोग गरी आबेको हत्या गरेको जिम्मेवारी लिएका छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार उक्त व्यक्तिले सुरुमा धार्मिक समूहका नेतालाई लक्षित गर्ने योजना बनाएका थिए । पक्राउ परेका व्यक्तिको घरबाट धेरै हातले बनाएको बन्दुक बाहेक विस्फोटक पदार्थ पनि बरामद भएको छ ।

Advertisement

यस्ता हिंसात्मक घटना विरलै मात्र हुने जापान आबेको हत्यापछि पूरै जापान स्तब्ध बनेको मिडियाकाहरुले उल्लेख गरेको छ ।

यसैबीच नेताहरूले आइतबार हुने जापानी संसदीय निर्वाचनको प्रचारप्रसारलाई निरन्तरता दिने निर्णय गरेका छन् ।