November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकामा गर्भपतनलाई कानुनी अनुमति दिने ५० वर्ष पुरानो फैसला उल्टियो

2.9K

काठमाडौँ — अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन सम्बन्धीको ५० वर्ष पुरानो फैसला उल्टाइदिएको छ । अब गर्भपतन सम्बन्धी अधिकार दिने राष्ट्रिय कानुन खारेज भएको छ र हरेक राज्यले आ–आफ्नो कानुन लागु गर्न पाउनेछन् ।

सन् १९७३ को फैसलालाले गर्भपर्तनलाई कानुनी मान्यता दिदै योसम्वन्धी निर्णय लिने अधिकार महिलालाई दिएको थियो । तर, पुरानो फैसला उल्ट्याउन लागिएको भनेर डेढ महिनाअघि सर्वोच्चको फैसलाको मस्यौदा बाहिरिएपछि नयाँ विवाद सिर्जना भएको थियो । चर्चा भएजस्तै फैसला आएपछि रिपब्लिकनहरुले खुसी मनाएका छन् भने डेमोक्र्याटहरु आक्रोशित छन् ।

अदालतको आदेशमा भनिएकोछ,‘गर्भपतनको अधिकार संविधानप्रदत्त होइन । गर्भपतनको नियमन गर्ने जिम्मेवारी जनताले चुनेका प्रतिनिधिको हातमा हुनुपर्छ । त्यसैले राज्यले कानुन बनाएर यसलाई नियमन गर्न सक्छन् ।’ यो आदेशसगै अमेरिकाका राज्यहरुमा धूव्रिकरण हुन सक्ने अनुमान छ । अब अमेरिकाका राज्यहरुले गर्भपतनलाई निषेध गर्न सक्ने छन् । २६ राज्यहरुले यो नियम तत्काल लागू गर्न सक्ने द गार्जियनले जनाएको छ ।

Advertisement

आफ्नो चाहनाले गर्भपतन गर्न नसकेपछि सन् १९७१ मा एक महिलाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिटमा गर्भपतनको अधिकार सरकारलाई नभएर महिलालाई नै हुनुपर्ने माग गरिएको थियो । दुई वर्षपछि फैसला गर्दै अदालतले गर्भपतनलाई कानूनी मान्यता मात्र दिएन, यसको निर्णय महिलाले गर्न पाउने आदेश दिएको थियो ।

तत्कालिन फैसलामा बच्चा जन्मनुअघि तीन महिना अघिसम्मको भ्रूणलाई गर्भपतन गर्ने अधिकार दिइएको थियो । चौथोदेखि छैटौं महिनाको गर्भपतनका लागि केही नियम र शर्तहरु थिए । यो फैसलालाई धार्मिक समुह तथा रिपब्लिकनहरुले रुचाएका थिएनन् । उनीहरुले हरक भ्रूणलाई जीवनको हक हुने दावी गर्दै आएका थिए ।

यो विषयलाई लिएर रिपब्लिकन र डेमाक्रेटिक पार्टीहरुको विचार फरक फरक थियो । सन् १९८० सम्म यो विषय त्यहाँको एक प्रमुख राजनीतिक विषय बनेको थियो । तर कानुनी रुपमा भने यो विषयले अहिले नयाँ आकार लिएको छ ।