November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अफगानिस्तानमा भारतीय दूतावास फेरि खुल्यो, भूकम्प प्रभावितहलाई राहत वितरण

2.2K

काठमाडौं : भारतले अफगानिस्तानको राजधानी काबुलमा आफ्नो राजदूतावास पुनः सञ्चालनमा ल्याएको छ। 

तालिबानीहरु नेतृत्वमा आएपछि बन्द भएको दूतावास भारतले पुनः सञ्चालनमा ल्याएको हो। बुधबार अफगानिस्तानमा शक्तिशाली भूकम्प गएर मानवीय क्षति भएपछि भारतले दूतावास सञ्चालनमा ल्याएको छ भने राहत वितरण पनि अघि बढाएको छ। 

भारतीय अधिकारीहरुका अनुसार भारतबाट लगिएको पहिलो खेप राहत प्रभावित क्षेत्रमा पुगिसकेको छ। बुधबारको भूकम्पमा अफगानिस्तानमा कम्तीमा १ हजार मानिसको मृत्यु भएको पुष्टि भएको छ।

Advertisement

अफगानिस्तानमा तालिबानीहरुले सत्ता नियन्त्रणमा लिएपछि विश्वका अधिकांश देशले आफ्ना दूतावास बन्द गरेका थिए।  भारतले पछिल्लो पटक जुन २ मा तालिबानी अधिकारीहरुसँग छलफल गरेको थियो। सुरक्षाको प्रत्याभूति हुने भएपछि भारत पुनः दूतावास खोल्न तयार भएको बताइएको छ।

तालिबानीको सत्ता कब्जापछि बन्द भएकामध्ये हालसम्म भारतसहित १५ देशले पुनः दूतावास सञ्चालन गरेका छन्।