November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अभिनेता अनु कपुर फ्रान्समा लुटिए

2.8K

काठमाडौं : भारतीय अभिनेता तथा गायक अनु कपुर  फ्रान्समा लुटपाटमा परेका छन्। ​

​अनुले इन्स्टाग्राममा एक भिडिओ पोष्ट गर्दै आफूलाई सहयोग गर्ने बहानामा बदमासको एक समूहले सामान लुटेर लगेकाे बताएका हुन्।  उनले आफ्नाे झोलामा भएको  क्रेडिट कार्ड र नगदलगायतका व्यक्तिगत सामानहरू लुटिएको  उल्लेख गरेका छन्। 

उनले भिडियोमा आफ्ना समर्थकहरुलाई फ्रान्समा लुटेराको बिगबिगी रहेको भन्दै आउँदा सावधानी अपनाउन पनि भनेका छन्। उनले आफ्नो राहदानी भने आफूसँगै रहेको  बताएका छन्। 

Advertisement

६६  वर्षीय कपुरले आफूलाई रेल्वेका कर्मचारीले सहयोग गरेको र पेरिस पुगेर प्रहरीका उजुरी दिने पनि बताएका छन्। उनले आफूमाथि ठूलो त्रासदी आएको समेत उल्लेख गरेका छन्।