November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

हङकङको बन्दरगाहमा तैरिरहेको जम्बो रेष्टुरेन्ट डुब्यो

2.4K

एजेन्सि । तैरिरहेको रेष्टुरेन्टको रुपमा पहिचान बनाएका हङकङको एउटा रेष्टुरेन्ट डुबेको छ । झण्डै ५० वर्षदेखि बन्दरगाहमा सञ्चालन भइरहेको उक्त रेष्टुरेन्टलाई त्यहाँबाट डोरीमा बाँधेर तानिँदै गरेको अवस्थामा रेष्टुरेन्ट डुबेको हो ।

यसको मूल कम्पनीका अनुसार अज्ञात स्थानतर्फ जाने क्रममा जम्बो रेस्टुरेन्ट साउथ चाइना सागरमा डुबेको हो । एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले आफूहरु यो घटनाका कारण असाध्यै दुःखित भएको तर यो क्रममा चालक दलका कोही पनि सदस्य घाइते नभएको जानकारी दिएको छ ।

उक्त रेस्टुरेन्ट मार्च २०२० मा कोभिडको महामारीका कारण बन्द गरिएको थियो ।

Advertisement

महारानी, टम क्रुज र रिचर्ड ब्रान्सन लगायतका ३० लाख भन्दा बढी पाहुनाहरूले विगतका वर्षहरूमा यहाँको क्यान्टोनिज खानाको आनन्द लिएको विश्वास गरिन्छ ।

यसलाई धेरै चलचित्रले पनि स्थान दिएको थियो । तर महामारी सुरु भएपछि मानिसहरुबीच भेटघाट, खानपिन बन्द भएपछि यसले यो रेष्टुरेन्टलाई ठूलै चोट प्रहार गर्यो ।