एजेन्सी । रुसको गुप्तचर निकाय केजीबीका पूर्व जनरल लेभ सोटस्कोभले आत्महत्या गरेका छन् । उनी मस्कोस्थित अपार्टमेन्टमा मृत अवसथामा फेला परेका हुन् ।
९० वर्षका उनी सेवानिवृत्त गुप्तचरका मेजर जनरल हुन् । सोटस्कोभले पेस्तोलले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको रुसी मिडियाहरुले जनाएका छन् ।
उनले मँगोलियाका एकजना मित्रबाट पेस्तोल उपहार पाएका थिए जसलाई आत्महत्यामा प्रयोग गरेका थिए । उनको टाउकोमा गोली लागेको घाउ देखिएको उल्लेख छ ।
उनी गुप्तचर निकायमा रुसभित्र र बाहिर पनि जिम्मेवारी पाई ४० वर्ष सेवापछि निवृत्त भएको जनाइएको छ ।