November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

हङकङमा २० तलाबाट खसेर २ जनाको मृत्यु

2.8K

काठमाडौं । हङकङमा २० तला माथिबाट खसेर २ मजदुरको मृत्यु भएको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङको रियल्टी गार्डेनस्थित कन्डुइट रोडनजिकैको भवनमा काम गरिरहेका उनीहरुको खसेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार सन् १९७१ मा बनेको भवन मर्मतका लागि छानोभन्दा केही तल अड्याएको खट भाँचिएर उनीहरू खसेका हुन् । प्रहरीले यसलाई औद्योगिक दुर्घटनाका रुपमा लिएको उल्लेख गरेको छ ।

Advertisement

जानकारले भने राम्रोसँग खटको निरीक्षण नगरी काम सुरु गर्दा घटना भएको हुन सक्ने बताएका छन् ।