November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लद्दाखमा दुर्घटनामा परी ७ जना भारतीय सैनिकको मृत्यु

2.3K

काठमाडौं । भारतको लद्दाखमा सैनिक बोकेको गाडी दुर्घटना भएको छ । सो दुर्घटनामा ७ सैनिकको मृत्यु भएको छ । २६ जना सैनिक बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सेनाले एक वक्तव्य जारी गर्दै लद्दाखको परतापुरको ट्रान्जिट क्याम्पबाट सब सेक्टर हनिफ गइरहेको २६ सैनिक सवार बस सडकबाट श्योक नदीमा खसेको जनाएको छ । दुर्घटना १९ जना घाइते भएका छन् ।

दुर्घटना शुक्रबार बिहान भएको हो । स्थानीय नुब्रा प्रहरी स्टेशनका अधिकारीहरुले चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएका छन् ।

Advertisement