August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, १९ जना विद्यार्थीको मृत्यु

760

काठमाडौं । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जना शिक्षकसहित १९ जना विद्यार्थीको मृत्यु भएको छ । एक जेष्ठ नागरिक र १० वर्षीया बालिका सख्त घाइते भएका छन् ।

अन्तराष्ट्रिय समाचारहरुका अनुसार टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको थिए । उक्त विद्यालयमा १० वर्षसम्मका बालबालिकाहरू अध्ययन गर्ने गर्छन् ।

आक्रमणमा पिस्तोल र राइफल प्रयोग गरेको राज्यका गभर्नर ग्रेग याबटले बताएका छन् । घटनामा संलग्न भएका व्यक्तिको पनि मृत्यु भएको छ । उनको कसरी मृत्यु भयो भन्ने बारेमा भने खुलिनसकेको बताइएको छ ।

Advertisement

उक्त विद्यालयमा ५०० भन्दा बढी बालबालिकाहरू रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने त्यहाँका अधिकारीले बताएका छन् ।

ती आक्रमणकारीले घरमा हजुरआमाको हत्या गरेर स्कुलमा पुगेको विवरणहरू सार्वजनिक भएका थिए ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।