November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युक्रेनको राजधानीमा १२ सय मानव शव फेला

4K

एजेन्सी । युक्रेनको राजधानी किभमा ठूलो संख्यामा मानव शव फेला परेको छ। युक्रेनी अधिकारीले रुसी फौजको आक्रमणमा मारिएका एक हजार २०० जनाको शव फेला परेको जनाएका हुन्। 

शव संकलन गरेर उनीहरुको मृत्युको कारण थाहा पाउन फरेन्सिक ल्याबमा पठाएको अनुसन्धानकर्ताले बताएका छन्। ज्यान गुमाउनेमध्ये धेरैजसोको पहिचान भइसकेको छ। २८० शवको पहिचान गर्न भने कठिन भएको अधिकारीहरूले बताएका छन्। 

यसैबीच युरोपीयन युनियन ईयूले रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ। युरोपियन युनियनको विदेश मामिला परिषद् बैठकले रुसमाथि छेटौँपटक थप कडा प्रतिबन्धको तयारी गरेको हो। 

Advertisement

परिषद्ले रुसी तेल खरिदबारे केही कठोर निर्णय गर्ने बताइएको छ। बैठकको अध्यक्षता गरेका जोसेप बोरेलले रुसबाट हुने आयातलाई सीमित गर्ने दिशामा सहमति जुटेको बताएका छन्। तेल आयातमाथि प्रतिबन्ध लगाउने निर्णय आगामी बैठकले गर्ने उनको भनाइ छ। 

परिषद्को बैठक मे ६ र १६ मा बोलाइएको छ।