November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विष्फोट, एकसय बढीको मृत्यु

4.8K

काठमाडौं : अफ्रिकी देश नाइजेरियाको एक तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ। घटनामा दर्जनौं घाइते भएका छन्। 

नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको विस्फोटका कारण सो प्रशोधन केन्द्र ध्वस्त भएको छ। बिस्फोटका कारण प्रशोधन केन्द्रको वरिपरिको गाउँमा समेत क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन।

‘पहिचान नखुल्ने गरी जलेका धेरै शवहरू भुइँमा छरपस्ट छन् । कोही मानिस रुखका हाँगामा झुन्डिएका देखिन्छन् । उनीहरू सुरक्षाका लागि दौडिने क्रममा विस्फोटमा परेका हुन सक्छन् ’, त्यहाँको युवा तथा वातावरणीय एड्भोकेसी सेन्टर (वाईइएसी) का कार्यकारी निर्देशक फाइनेफेस डुम्नानेले भने। 

Advertisement

अवैध प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति सञ्चालक र उनीहरूका संरक्षकहरू व्यवसायका लागि भेला भएका ठाउँमा विस्फोट भएको प्रहरीले जनाएको छ।

नाइजेरियामा बढ्दो बेरोजगारीका कारण निकै कै घातक मानिएको तेल प्रशोधन केन्द्रमा आफैं तेल उत्पादन गर्न जोखिम मोल्ने गरेका कारण वर्षेनी हुने बिस्फोटमा ज्यान जाने गरेको छ।