November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रुसले मारियोपोलको अस्तित्व मेटाइदियो : युक्रेनी विदेशमन्त्री

4.1K

काठमाडौं : युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले मारियोपोल सहरको अस्तित्व मेटाइ दिएको बताएका छन्।  

एक समाचार संस्थासँगको कुराकानीमा कुलेबाले रुसी सेनाले दुई महिनादेखि लगातार आक्रमण गरी मारियोपोल सहर नष्ट बनाएको बताए। उनले रुसले कुनै पनि मूल्यमा मारियोपोल सहरको अस्तित्व मेटाउने गरी नियोजित रुपमै आक्रमण गरेको बताए। 

हिजो रुसले मारियोपोल सहरमा आत्मसपर्ण गर्न गरेको अपिल युक्रेनी सैनिकले अस्वीकार गरेका थिए। पछिल्लो पटक रुसी सेनाले मारियोपोल सहर प्रवेश गर्ने नाकाहरु बन्द गर्ने प्रयास गरेको छ। गत बिहीबार एक रुसी युद्धपोत समुद्रमा डुबेपछि रुसले युक्रेनको राजधानी किभ तथा खारकिभ लगायतका सहरमा पनि आक्रमण तीव्र पारेको छ। ती सहरमा दैनिकजसो ठूलो संख्यामा सर्वसाधारण हताहत भइरहेको अधिकारीहरुको भनाइ छ। 

Advertisement

हिजो खारकिभमा भएको गोलाबारीमा कम्तीमा ५ सर्वसाधारणको मृत्यु भएको र १३ जना घाइते भएको जनाइएको छ।  यसैबीच रुसी सेनाले मारियोपोल सहरका अस्पतालबाट १ सय ५० भन्दा बढी बालबालिकालाई निकालेर रुस पठाएको छ। क्राइमियन मानव अधिकार समूहका अनुसार रुसी सेनाले बालबालिकालाई जबरजस्ती रुस पठाएको हो।