November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पाकिस्तानी संसद् विपक्षीविहीन, पीटीआईका १२३ सांसदको राजीनामा स्वीकृत !

3.2K

इस्लामावाद : पाकिस्तानको संसद् ‘नेशनल असेम्बली’का उपसभामुखले इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफका १२३ सांसदको राजीनामा स्वीकृत गरेका छन्।

‘नेशनल असेम्बली’का कार्यवाहक अध्यक्ष कासिम सुरीले आफ्नो पार्टीका १२३ विधायकको राजीनामा स्वीकृत गरेको पीटीआई नेता र पूर्वमन्त्री फारुक हबिबले जानकारी दिएका छन्। यस सम्बन्धमा एक सूचना पनि जारी गरिएको छ। पीटीआई सांसदहरूले राजीनामा स्वीकृत गरेपछि पाकिस्तानमा आम निर्वाचन अपरिहार्य भएको उनले बताए।

वास्तवमा पीटीआईका सांसदहरूले राजीनामा दिएपछि पाकिस्तानी संसद् विपक्षीविहीन भएको छ। सरकार ढलेपछि इमरान खानको पार्टी प्रतिपक्षी बन्न पुगेको थियो।

Advertisement

पूर्वप्रधानमन्त्री खानले आफ्नो पार्टीका बाँकी सांसदहरूलाई अयोग्य घोषित गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।

तत्कालीन संयुक्त विपक्षी दलले उनीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमार्फत खान  सत्ताच्युत भएका थिए। यद्यपि खान र उनको पार्टी पीटीआईले यो कदमलाई ‘विदेशी षड्यन्त्र’ भन्दै आएका छन्।

१५५ सदस्यमध्ये २० विद्रोही र १२ जना अनिर्णित

२७२ सदस्यीय पाकिस्तानी ‘नेशनल असेम्बली’मा पीटीआईका १५५ सदस्य छन्। तीमध्ये २० जना विद्रोह गरेर विपक्षीलाई साथ दिएका छन्। इमरान खानको पार्टीले पनि उनीहरूलाई सूचना जारी गरेको छ। बाँकी १२ जना सांसदको निर्णय भने अस्पष्ट छ।

यसैबीच पूर्वप्रधानमन्त्री इमरान खानले पाकिस्तानको निर्वाचन आयोगलाई पत्र लेख्दै पीटीआईका सदस्यलाई कुनै पनि समितिमा मनोनयन नगर्न आग्रह गरेका छन्। उनले आफ्ने दलका सांसदहरूले अप्रिल ११ मा संसद्‌मा राजीनामा दिएको स्पष्ट पारेका छन्।

पीटीआई सरकार गठनमा सहभागी हुँदैन : इमरान

इमरान खानले आफ्नो पत्रमा लेखेका छन्। पाकिस्तानको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप भएको बताउँदै सरकार परिवर्तन र आयातित सरकार गठनमा भएको अवैधानिक अभ्यासमा आफ्नो पार्टी सहभागी नहुने निर्णय गरेको छ। इमरानले ‘नेशनल असेम्बली’मा पीटीआईका कुनै प्रतिनिधि नभएको जानकारी दिएका छन्। संविधानअन्तर्गत दल बदल्ने सांसदहरूलाई पहिले नै कारबाही गरिएको छ।

निर्वाचन आयोगलाई पत्र

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले महिलाका साथै अल्पसंख्यक सिटका लागि निर्वाचन आयोगको सूचीमा दिइएका सबै नाम प्राथमिकताका आधारमा फिर्ता लिएको पत्र बुझाउँदै घोषणा गरेका छन्। उनले भने‚ ‘अतः  म घोषणा गर्दछु- कुनै पनि मञ्चमा पीटीआईका तर्फबाट हुने कुनै पनि कदम वा कारबाहीको पक्ष हुनेछैन।’