May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

जापानद्धारा रुसविरुद्ध थप प्रतिबन्ध

490

लन्डन । जापानले रुसविरुद्ध थप प्रतिबन्ध लगाएको छ । जापानको विदेश मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख भएअनुसार मंगलबार जापानले राष्ट्रपति भ्लादिमिर पुटिनका दुई वयस्क छोरी काटेरिना टिखोनोभा र मारिया भोरोन्टोभालगायत ३९८ रुसी नागरिकको सम्पत्ति रोक्का गरेको छ ।

विज्ञप्तिमा नयाँ प्रतिबन्धहरूले रुसका विदेश मन्त्री सर्गेई लाभरोभका परिवारका सदस्यहरू, अर्थात् उनकी पत्नी मारिया लाभरोभा र छोरी येकातेरिना विनोकुरोभालाई पनि लक्षित गरेका उल्लेख छ ।

युक्रेनमा आक्रमण सुरु भएदेखि जापानले रूस विरुद्ध लगातार आफ्नो प्रतिबन्धहरू विस्तार गरेको छ, जसमा कोइला र भोड्का जस्ता रूसी आयातहरूमा प्रतिबन्ध लगाउने, रूसमा नयाँ लगानी घटाउने र प्रमुख बैंकहरूको सम्पत्ति जफत गर्ने समावेश गरिएको छ ।

Advertisement

अमेरिका र बेलायत लगायत अन्य राष्ट्रले पनि पुटिन र लाभरोभका परिवारमाथि प्रतिबन्ध लगाएका छन् ।