November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अपरेशन ‘बाली’मा घाइते भएका नेपाली सैनिकको मृत्यु

2.8K

 काठमाडौं : कंगोमा निधन भएका नेपाली शान्ति सैनिक सुर्खेतका अनिल गुरुङ रहेको नेपाली सेनाले जनाएको छ। 

अपरेशन ‘बाली’ मा रहेको नेपाली शान्ति सैनिकमाथि कंगोका विद्रोहीले आक्रमण गरेका थिए। आक्रमणमा घाइते सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ का गुरुङको हिजो निधन भएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ।

शान्ति स्थापनामा संलग्न नेपाली शान्ति सैनिक आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएकोमा उनी र उनको परिवारप्रति प्रधानसेनापति प्रभुराम शर्माले दुःख व्यक्त गरेका छन्।        

Advertisement