November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

श्रीलंकामा आपतलीन स्वास्थ्य अवस्था घोषणा

2.7K

कोलम्बो । श्रीलंकामा मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जिएमओए) को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो ।

यसअघि आपतकालीन कानुन लागु गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको थियो ।

बिरामीको जीवनरक्षा गर्न यस्तो घोषणा गरिएको जिएमओएका सचिव डा.सेनाल फर्नान्डोले बताए । सरकारको कमजोर व्यवस्थापनका कारण देशभर औषधिको अभाव देखिएको जिएमओले आरोप लगाएको छ ।

Advertisement