November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

टर्कीको वार्तापछि रुसले युक्रेनमा सैनिक कटौती गर्दै

2.1K

काठमाडौं : टर्कीमा भएको शान्तिवार्तापछि रुसले उत्तरी युक्रेनको किभ र चेर्नीहिभ क्षेत्रमा आफ्नो सैनिक गतिविधिलाई ठूलो मात्रामा कटौती गर्ने घोषणा गरेको छ। 

रुसका उपरक्षामन्त्रीले आपसी विश्वास बढाउनका लागि  त्यस्तो कदम चाल्न लागिएको बताएका छन्। यसलाई रुस र युक्रेनबीचको शान्तिवार्तामा २४ फेब्रुअरीदेखि आरम्भ भएको युक्रेनविरुद्धको रुसी अतिक्रमण यता देखिएको प्रगतिको पहिलो सङ्केतका रूपमा लिइएको छ। 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताको प्रारम्भिक सङ्केत सकारात्मक देखिएको बताएका छन्।  तर त्यस्तो बैठकबाट प्राप्त हुने ठोस नतिजालाई मात्र किभले विश्वास गर्नेमा उनको जोड छ। पश्चिमा नेताहरूले पनि रुसको प्रतिबद्धताहरूमाथि शङ्का व्यक्त गरेका छन्। 

Advertisement

अमेरिकाले रुसको कुरामा अझै विश्वस्त हुन बाँकी नै रहेको बताएको छ भने वेलायतले रुसलाई उसको बोलीको आधारमा नभई कामको आधारमा मूल्याङ्कन गरिने बताएको छ। 
युक्रेनको सशस्त्र सैन्य बलका अनुसार ती दुई क्षेत्रबाट केही रुसी सैन्य एकाइहरू हटेका भएपनि मस्कोले पूर्णस्तरको सशस्त्र अतिक्रमण जारी नै राखेको छ। उनीहरूका अनुसार रुसी सेना पूर्वी युक्रेनको केही भागमा केन्द्रित हुनका लागि पुनः सङ्गठित हुँदै छन्।