November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच वार्ता

2.6K

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच फोनवार्ता भएको छ । जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग सहयोगका लागि फोनमा कुराकानी गरेको बुधबार युक्रेनी मिडियालाई जानकारी दिएका छन् ।

उनले भने, ‘हामीले बेलायतका प्रधानमन्त्रीसँग कुराकानी गरेका छौँ र यतिखेर युक्रेनमाथि भएको रुसी हमलाका बिरुद्धमा आवश्यक सहयोगका बारेमा हामीले छलफल गरेका छौँ ।’

यसअघि नै बेलायतका प्रधानमन्त्री जोनसनले पनि युक्रेनलाई आवश्यक सहयोग उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गरेका थिए । उनले ट्वीट गरेर युक्रेनलाई बचाउनका लागि विश्व समुदायले उसलाई सैन्य सहयोग उपलब्ध गराउनु आवश्यक रहेको पनि प्रधानमन्त्री जोनसनले विश्व समुदायलाई आग्रह पनि गरेका थिए ।

Advertisement