किभ : युक्रेनमा रूसीको सेनाले पहिलोपटक शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ। रूसले हाइपरसोनिक मिसाइल किन्झल प्रयोग गरेर युक्रेनस्थित पश्चिमा शक्तिले दिएका हतियार राखिएको गोदाम ध्वस्त गरेको घोषणा गरेको छ।
रूसले युक्रेनमा प्रयोग गरेको किन्झल क्षेप्यास्त्रको प्रतिरोध गर्ने क्षमता अमेरिका लगायत कुनै पनि देशसँग छैन। अमेरिका लगायत नेटोका सदस्यले दिएको क्षेप्यास्त्रको बलमा युक्रेनले रूसी सेनामा ठूलो विनाश मच्चाइरहेको रहेको थियो।
यही क्षेप्यास्त्रलाई केही दिनअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘आदर्श हतियार’ भनेका थिए। रूसले यसै क्षेप्यास्त्रमार्फत युक्रेनी गाउँ देलिअतयन गाउँमा प्रहार गरेको थियो। यो ठाउँ शहर बाहिर छ र पहाडहरूले घेरिएको छ।
उक्त क्षेप्यास्त्र रूसले कालिग्रादको चाकलोभस्का नौसेना बेसबाट प्रहार गरेको थियो। कालिग्राद पोल्याण्ड र लिथुआनियाको सीमा नजिकैको रूसी शहर हो, जहाँ यसको ठूलो सैन्य आधार पनि छ।
यी क्षेप्यास्त्र आवाजभन्दा १० गुणा बढी गतिमा उड्न सक्छन् र आणविक बम खसाल्न सक्छन्। तीव्र गतिका कारण शत्रुले यसलाई प्रतिक्रिया दिने समय नै पाउँदैन। किन्झल हाइपरसोनिक क्षेप्यास्त्रको शक्ति अमेरिकासहित नेटोका कुनै पनि देशले यसलाई नष्ट गर्न सकेका छैनन्। अमेरिका अहिले हाइपरसोनिक मिसाइल तैनाथ गर्न युद्धस्तरमा लागेको छ।
किन्झल हाइपरसोनिक क्षेप्यास्त्रले २ हजार किलोमिटरसम्म मार हान्न सक्छ। ५०० किलोटन बराबरको आणविक हतियार बोक्न सक्छ। यी आणविक बम हिरोसिमामा खसालेको आणविक बमभन्दा ३३ गुणा बढी शक्तिशाली हुन सक्छन्।
किन्झल हाइपरसोनिक क्षेप्यास्त्र ३ किलोमिटर प्रतिसेकेन्डको गतिमा आक्रमण गर्न सक्षम छ। यसैका कारण अत्याधुनिक हवाइ प्रतिरक्षा प्रणाली पनि यसका अगाडि असफल हुन्छन्। सामान्यतया रूसले कालिनग्राद सैन्य अखडामा मिग–३१ विमान तैनाथ गर्दैन तर युक्रेनको युद्धलाई ध्यानमा राख्दै यी विमान यहाँ पठाइएको हो।
सैन्य विज्ञ रब लीका अनुसार किन्झल क्षेप्यास्त्र कालिनग्रादबाट प्रहार गरिए यसले पश्चिमी युरोपमा रहेका अधिकांश देशका राजधानी र टर्कीको राजधानी अंकारालाई ध्वस्त पार्ने शक्ति रहेको बताए।
किन्झलले नेटो देशमा आक्रमण गर्न ७ देखि १० मिनेट मात्र लाग्छ। यस्तो अवस्थामा ती देशले खेर फाल्ने समय पनि पाउँदैनन्।