March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

क्यारोलिना बेइलावस्का बनिन् विश्व सुन्दरी

2.8K

काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितेकी छन् । अमेरिकी टापु राज्य पुएर्तोरिकोमा आज बिहान सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालीमा उनी विजेता घोषित भएकी हुन् ।

अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भएकी हुन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिर्याएकी थिईन् ।

कोरोना महामारीको कारण यसपटकको फिनालीमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनौट हुन सकिनन् ।

Advertisement

मिस वर्ल्डको मुख्य विधा मानिने ब्यूटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ । क्यारोलिना पोल्यान्डबाट विश्व सुन्दरी जित्ने दोस्रो प्रतिस्पर्धी हुन् । पीएचडी गर्ने तयारीमा रहेकी क्यारोलिना मोडल समेत हुन् ।