July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

युक्रेनलाई १३ अर्ब डलर बराबरको अमेरिकी सुरक्षा सहायता

3.1K

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई १३ अर्ब डलरभन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका छन् । यससँगै अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता दिने निश्चित भएको छ ।

रुसीको आक्रमणका कारण युक्रेनमाथि विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसदमा पनि डेमोक्रयाट र रिपब्लिकनहरूलाई एक ठाउँमा उभ्याएको उनले बताएको बिबिसीले जनाएको छ । नेटोको आपतकालीन बैठकमा भाग लिन बाइडन आगामी साता युरोप जाँदैछन् ।

Advertisement