चे ग्वेभारालाई मार्न गोली हान्ने बोलिभियाका सैनिकको निधन भएको छ । मारिनो तेरान नामक ती सैनिकले सन् १९६७ को अक्टोबर ९ मा ग्वेभारालाई गोली हानेका थिए ।
लामो समयदेखि बिरामी रहेका तेरानको ८० वर्षको उमेरमा बिहीबार निधन भएको द गार्डियनले उल्लेख गरेको छ ।
अर्जेन्टिनाका फिजिसियन ग्वेभारालाई बोलिभियाका सैनिकहरूले एउटा गाउँमा पक्राउ गरेका थिए । पक्राउपछि उनलाई मारिएको थियो ।
घाइते ग्वेभारालाई गोली हान्ने जिम्मा त्यतिबेलाका सैनिक तेरानलाई दिइएको थियो । ग्वेभारा त्यतिबेला ३९ वर्षका थिए । ग्वेभाराको शव अर्को दिन बोलिभियाको एउटा गाउँको नालीमा फेला परेको फोटो एएफपीका पत्रकारले खिचेका थिए ।