काठमाडौं । युक्रेनमा रहेका नेपालीहरुको उद्धार गर्ने कार्य लगभग सकिएको छ । रुसले युक्रेनमा आक्रमण गर्न सुरु गरेको १३औं दिन मंगलबार युक्रेनबाट ६ जना नेपाली पोल्यान्ड पुगेपछि अब युक्रेनमा स्थायी रूपमै बसेका नेपालीबाहेक अन्य नेपाली त्यहाँ नरहेको अनुमान गरिएको छ ।
जर्मनस्थित नेपाली दूतावासमा सम्पर्क गरेका सबै नेपालीहरू युक्रेनबाट सुरक्षित रूपमा बाहिरिइसकेको युक्रेनबाट नेपालीहरूलाई बाहिर ल्याउन खटिरहेका जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काकाले बताए ।
युक्रेनबाट जम्मा ५ सय ८० जना नेपाली सुरक्षित रूपमा बाहिरिएको र तीमध्ये ४ सय ६६ जना पोल्यान्ड, ७८ जना स्लोभाकिया, २८ जना रोमानियामा र ८ जना हंगेरी पुगिसकेको साथै ९ जना भने नेपाल फर्किसकेका खड्काले बताए ।