January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

सीमा सुरक्षा बलबीच ड्युटीलाई लिएर विवाद हुँदा ४ जवानको मृत्यु

२०७८ फाल्गुन २२

3.1K

काठमाडौं । पञ्जाबको अमृतसर जिल्लामा सीमा सुरक्षा बलबीच ड्युटीलाई लिएर विवाद हुँदा ४ जवानको मृत्यु भएको छ । आइतबार बिहान बीएसएफ मुख्यालयमा एक जवानले मेसमा अन्धाधुन्ध गोली चलाउँदा ४ जवानको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

पछि आफैलाई गोली हानेका उनलाई पनि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गोली चलाउने जवान १४४ बटालियनका कन्स्टेबल सत्यप्पा एसकेको रहेका छन् । पोस्टमार्टम सिभिल अस्पताल अमृतसरमा भइरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसा १४४ बटालियनका जवानहरू बीएसएफ मुख्यालयको मेसमा खाजा खाइरहेका थिए । सत्यप्पा एसके रिसमा आएर अन्धाधुन्ध गोली चलाउन थाले । मेसमा गोली चलाएर सत्यप्पाले आफ्ना ४ जना सहकर्मीको हत्या गरेका थिए भने एक युवक राहुल गम्भीर घाइते भएका थिए । त्यसपछि उनी आफ्नो सर्विस कम्बाइन लिएर मेसबाट बाहिर निस्किए फायर गर्न जारी राखेका थिए ।

Advertisement

अन्ततः समातिने डरले सत्यप्पाले आफैलाई पनि गोली हाने । चार जवानको घटनास्थलमै मृत्यु भयो, हवल्दार सत्यप्पा र एक अन्य घाइते जवानलाई अस्पताल लगिएको थियो। बाटोमै सत्यप्पाको मृत्यु भयो ।